• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

क्यान्सर पीडित जानकी: जसलाई तरकारी खेतीले ‘नयाँ जीवन’ दिएको छ

64x64
ललित बोहरा सोमबार, साउन २९, २०८०  ०७:४९
1140x725

बैतडी– पाटन नगरपालिका वडा नम्बर ९ भाड्याडीकी ३९ वर्षीया जानकी विष्ट २ वर्ष अघि पाठेघरको क्यान्सरबाट पीडित भइन्। बढ्दो उमेरसँगै क्यान्सरले च्यापेपछि खर्च त भयो नै साथै उनको शरीर पनि कमजोर भयो। 

शल्यक्रिया गरे पनि उनी पूर्ण रुपमा निको भने हुन सकेकी छैनन्। बेला–बेला ‘थेरापी’का लागि भरतपुर क्यान्सर अस्पताल चितवन पुग्नुपर्छ उनलाई। तर उनको यो पीडा भुलाउने माध्यम बनेको छ कृषि।

उनी व्यवसायिक कृषक समेत हुन्। जानकीले २० रोपनी जमिनमा तरकारी खेती गर्दै आएकी छन्। खाली बस्दा ढाड दुख्ने, पेट दुख्ने पीडा भए पनि जब उनी बारीमा पुग्छिन् तब लटरम्म फलेका तरकारी देख्दा राहत महसुस गर्छिन्। उनी बारीमा गोडमेलमा आफैं लाग्छिन्।

Janaki_Bist1691978137.jpg

मुख्य आम्दानीको स्रोत नै उनको तरकारी हो। महिनामा २ पटक उनलाई थेरापीका लागि चितवन पुग्नैपर्छ। उपचारमा धेरै खर्च लागे पनि तरकारी बिक्री गरेर भएको आम्दानीले नै धानेको छ। उनको तरकारी खेती पुरानो भने होइन। केही समयअघिसम्म मकै खेती गर्दै आएकी थिइन्। 

मकैबाट धेरै आम्दानी नभएपछि नगदे बालीका रुपमा उनले काउली, बन्दा, मुला र आलु उत्पादन गर्न थालिन्। उनलाई तरकारीको लागि बजारको समस्या पनि छैन। घरदेखि खेत करिब दुई मिनेटको दूरीमा छ। मकै लगाउँदाका बेलाजस्तो साहु खोज्नुपर्ने चिन्ता उनलाई छैन। 

‘एक कल’ फोनमै व्यापारी गाडी लिएर उनको तरकारी खरिदका लागि बारीमै पुग्छन्। उनी भन्छिन्, ‘पहिला यिनै खेतमा मकै लगाउँथ्यौँ। बाली भित्र्याएपछि बिक्री गर्न समस्या हुन्थ्यो। त्यसैमाथि जंगली जनावरबाट जोगाउनै मुस्किल। अहिले तरकारी किन्न व्यापारी खेतमै आउँछन्। बजार खोज्न धाउनुपरेको छैन।’

janaki bist 21691823389.jpg

Ncell 2
Ncell 2

मूल्य राम्रो पाएमा बन्दा प्रतिकिलो ५० रुपैयाँ सम्ममा बिक्री हुने गर्छ। यस्तै मूल्य घटेका बेला पनि २५ रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको उनी बताउँछिन्। वार्षिक ५ लाख रुपैयाँसम्म उनले तरकारी बिक्रीबाटै आम्दानी गर्छिन्। 

उनको कृषि कर्ममा सहयात्री छन् उनका श्रीमान् कृष्ण विष्ट। उनी बाख्रा पालनमा व्यस्त छन्। दुई दर्जन बढी बाख्रा छन्। प्राय बाख्रा चराउन जंगल जाने उनी समय भएसम्म जानकीसँगै बारीमा पनि सघाउन पुग्छन्।

कृषि कर्मबाटै उनले छोरीलाई भेटेनरी जेटिए र छोरालाई कक्षा १२ सम्म पढाइसकेका छन्। ‘कृषिमा आम्दानी राम्रो छ। श्रीमतीले धेरै परिश्रम गर्थिन्। अहिले रोगका कारण केही समस्या थपिएको छ। तै पनि उनले बारीमा रेखदेख गर्ने र मिहेनत गर्न भने छोडेकी छैनन्,’ कृष्ण भन्छन्। 

विष्ट परिवार मात्र होइन, भट्याडी गाउँका अधिकांश कृषकले तरकारी खेतीबाटै वार्षिक तीनदेखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन्। यहाँका स्थानीयको मुख्य पेसा नै कृषि हो।

पाँच क्विन्टल आलूको बिउ लगाएकी स्थानीय कृषक तुलसी विष्टले एक सिजनमै २ लाख रुपैयाँ आम्दानी भएको बताइन्। आलुको मूल्य ५० देखि ७० रुपैयाँ प्रतिकिलोसम्म पाइने उनको भनाइ छ। 

जंगली जनावरहरु बाँदर, दुम्सी र बदेलबाट जोगाए पनि रोगका कारण भने भनेजति आम्दानी लिन नसकिएको उनी बताउँछिन्। समयमा मल, रोग लाग्दा निदानका लागि औषधि भने सम्बन्धित निकायबाट व्यवस्था नभएको उनको गुनासो छ। 

Janaki_Bist_tarkari_kheti1691978452.jpg

उनीहरुले मलमा अनुदान, कृषि प्राविधिक र ग्रामीण कृषि सडक निर्माण गर्दा लागेको रकम उपलब्ध गराउनुपर्ने माग गरेका छन्। बोकेर बजारसम्म लैजान समस्या भएपछि गाउँकै २८ परिवारले घरसम्म जोड्ने कृषि सडक आफैं निर्माण गरेका छन्। उनीहरुले प्रति परिवार ५ देखि ३० हजारसम्म रकम उठाएर सडक निर्माण गरेका हुन्। 

चालु आर्थिक वर्ष (२०८०/०८१)मा पाटन नगरपालिका वडा नम्बर ९ मा १५ प्लाष्टिक टनेल, प्रत्येक घरधुरीलाई विभिन्न तरकारीका बिउ वितरण र दुई साना सिँचाइ पोखरी निर्माण गरिएको वडाध्यक्ष कालुसिंह भाटले बताए। उनले भने,  ‘कृषिमा वडाको लगानी पोखरी निर्माणदेखि तरकारीको बिउ वितरणसम्म छ हामीले धारा पनि गाउँमा ७ लाखको लगानीमा खानेपानी बनाएका छौं। त्यसले पनि तरकारी उत्पादमा सहयोग पुग्ने विश्वास छ।’

वडा नम्बर ९ का जनप्रतिनिधि तथा कृषक जयन्ती भाट विजले सुदूरपश्चिमै पहिलो भइ मुख्यमन्त्री कमलबहादुर शाहबाट नगदसहित सम्मानित भएकी थिइन्। किचार गाउँमा पनि आलुपकेट क्षेत्र घोषणा गर्ने काम भएको र तरकारी उत्पादनमा अगाडि रहेको वडाध्यक्ष भाटले बताए। 

पाटन नगरपालिका बैतडीले नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा आलु पटेक क्षेत्र घोषणा गरेर हरेक वर्ष सहयोग गर्ने गरेको नगरप्रमुख गौरीसिंह रावलले बताए। उनले भने,  ‘हाम्रो राम्रो तरकारी उत्पादन हुने क्षेत्र ८, ९, १० हुन आलु पकेट क्षेत्र घोषणा गरेर बजेट दिने गरेका छौं। कृषकलाई प्रोत्साहन हुने खालले बजेट विनियोजन गर्ने गरेका छौं।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्