• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

क्यान्सर पीडित जानकी: जसलाई तरकारी खेतीले ‘नयाँ जीवन’ दिएको छ

64x64
ललित बोहरा सोमबार, साउन २९, २०८०  ०७:४९
1140x725

बैतडी– पाटन नगरपालिका वडा नम्बर ९ भाड्याडीकी ३९ वर्षीया जानकी विष्ट २ वर्ष अघि पाठेघरको क्यान्सरबाट पीडित भइन्। बढ्दो उमेरसँगै क्यान्सरले च्यापेपछि खर्च त भयो नै साथै उनको शरीर पनि कमजोर भयो। 

शल्यक्रिया गरे पनि उनी पूर्ण रुपमा निको भने हुन सकेकी छैनन्। बेला–बेला ‘थेरापी’का लागि भरतपुर क्यान्सर अस्पताल चितवन पुग्नुपर्छ उनलाई। तर उनको यो पीडा भुलाउने माध्यम बनेको छ कृषि।

उनी व्यवसायिक कृषक समेत हुन्। जानकीले २० रोपनी जमिनमा तरकारी खेती गर्दै आएकी छन्। खाली बस्दा ढाड दुख्ने, पेट दुख्ने पीडा भए पनि जब उनी बारीमा पुग्छिन् तब लटरम्म फलेका तरकारी देख्दा राहत महसुस गर्छिन्। उनी बारीमा गोडमेलमा आफैं लाग्छिन्।

Janaki_Bist1691978137.jpg

मुख्य आम्दानीको स्रोत नै उनको तरकारी हो। महिनामा २ पटक उनलाई थेरापीका लागि चितवन पुग्नैपर्छ। उपचारमा धेरै खर्च लागे पनि तरकारी बिक्री गरेर भएको आम्दानीले नै धानेको छ। उनको तरकारी खेती पुरानो भने होइन। केही समयअघिसम्म मकै खेती गर्दै आएकी थिइन्। 

मकैबाट धेरै आम्दानी नभएपछि नगदे बालीका रुपमा उनले काउली, बन्दा, मुला र आलु उत्पादन गर्न थालिन्। उनलाई तरकारीको लागि बजारको समस्या पनि छैन। घरदेखि खेत करिब दुई मिनेटको दूरीमा छ। मकै लगाउँदाका बेलाजस्तो साहु खोज्नुपर्ने चिन्ता उनलाई छैन। 

‘एक कल’ फोनमै व्यापारी गाडी लिएर उनको तरकारी खरिदका लागि बारीमै पुग्छन्। उनी भन्छिन्, ‘पहिला यिनै खेतमा मकै लगाउँथ्यौँ। बाली भित्र्याएपछि बिक्री गर्न समस्या हुन्थ्यो। त्यसैमाथि जंगली जनावरबाट जोगाउनै मुस्किल। अहिले तरकारी किन्न व्यापारी खेतमै आउँछन्। बजार खोज्न धाउनुपरेको छैन।’

janaki bist 21691823389.jpg

Ncell 2
Ncell 2
nimb
nimb

मूल्य राम्रो पाएमा बन्दा प्रतिकिलो ५० रुपैयाँ सम्ममा बिक्री हुने गर्छ। यस्तै मूल्य घटेका बेला पनि २५ रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको उनी बताउँछिन्। वार्षिक ५ लाख रुपैयाँसम्म उनले तरकारी बिक्रीबाटै आम्दानी गर्छिन्। 

उनको कृषि कर्ममा सहयात्री छन् उनका श्रीमान् कृष्ण विष्ट। उनी बाख्रा पालनमा व्यस्त छन्। दुई दर्जन बढी बाख्रा छन्। प्राय बाख्रा चराउन जंगल जाने उनी समय भएसम्म जानकीसँगै बारीमा पनि सघाउन पुग्छन्।

कृषि कर्मबाटै उनले छोरीलाई भेटेनरी जेटिए र छोरालाई कक्षा १२ सम्म पढाइसकेका छन्। ‘कृषिमा आम्दानी राम्रो छ। श्रीमतीले धेरै परिश्रम गर्थिन्। अहिले रोगका कारण केही समस्या थपिएको छ। तै पनि उनले बारीमा रेखदेख गर्ने र मिहेनत गर्न भने छोडेकी छैनन्,’ कृष्ण भन्छन्। 

विष्ट परिवार मात्र होइन, भट्याडी गाउँका अधिकांश कृषकले तरकारी खेतीबाटै वार्षिक तीनदेखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन्। यहाँका स्थानीयको मुख्य पेसा नै कृषि हो।

Xtrem

Xtrem

पाँच क्विन्टल आलूको बिउ लगाएकी स्थानीय कृषक तुलसी विष्टले एक सिजनमै २ लाख रुपैयाँ आम्दानी भएको बताइन्। आलुको मूल्य ५० देखि ७० रुपैयाँ प्रतिकिलोसम्म पाइने उनको भनाइ छ। 

जंगली जनावरहरु बाँदर, दुम्सी र बदेलबाट जोगाए पनि रोगका कारण भने भनेजति आम्दानी लिन नसकिएको उनी बताउँछिन्। समयमा मल, रोग लाग्दा निदानका लागि औषधि भने सम्बन्धित निकायबाट व्यवस्था नभएको उनको गुनासो छ। 

Janaki_Bist_tarkari_kheti1691978452.jpg

उनीहरुले मलमा अनुदान, कृषि प्राविधिक र ग्रामीण कृषि सडक निर्माण गर्दा लागेको रकम उपलब्ध गराउनुपर्ने माग गरेका छन्। बोकेर बजारसम्म लैजान समस्या भएपछि गाउँकै २८ परिवारले घरसम्म जोड्ने कृषि सडक आफैं निर्माण गरेका छन्। उनीहरुले प्रति परिवार ५ देखि ३० हजारसम्म रकम उठाएर सडक निर्माण गरेका हुन्। 

चालु आर्थिक वर्ष (२०८०/०८१)मा पाटन नगरपालिका वडा नम्बर ९ मा १५ प्लाष्टिक टनेल, प्रत्येक घरधुरीलाई विभिन्न तरकारीका बिउ वितरण र दुई साना सिँचाइ पोखरी निर्माण गरिएको वडाध्यक्ष कालुसिंह भाटले बताए। उनले भने,  ‘कृषिमा वडाको लगानी पोखरी निर्माणदेखि तरकारीको बिउ वितरणसम्म छ हामीले धारा पनि गाउँमा ७ लाखको लगानीमा खानेपानी बनाएका छौं। त्यसले पनि तरकारी उत्पादमा सहयोग पुग्ने विश्वास छ।’

वडा नम्बर ९ का जनप्रतिनिधि तथा कृषक जयन्ती भाट विजले सुदूरपश्चिमै पहिलो भइ मुख्यमन्त्री कमलबहादुर शाहबाट नगदसहित सम्मानित भएकी थिइन्। किचार गाउँमा पनि आलुपकेट क्षेत्र घोषणा गर्ने काम भएको र तरकारी उत्पादनमा अगाडि रहेको वडाध्यक्ष भाटले बताए। 

पाटन नगरपालिका बैतडीले नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा आलु पटेक क्षेत्र घोषणा गरेर हरेक वर्ष सहयोग गर्ने गरेको नगरप्रमुख गौरीसिंह रावलले बताए। उनले भने,  ‘हाम्रो राम्रो तरकारी उत्पादन हुने क्षेत्र ८, ९, १० हुन आलु पकेट क्षेत्र घोषणा गरेर बजेट दिने गरेका छौं। कृषकलाई प्रोत्साहन हुने खालले बजेट विनियोजन गर्ने गरेका छौं।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्