• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

घरमा नदी पसेपछि सडकको बास, घरबासको व्यवस्थापन हुँदासमेत धर्नामा छन् पहिरोपीडित

64x64
शेरबहादुर ऐर शनिबार, साउन २७, २०८०  १०:०१
1140x725

धनगढी– कैलालीको भजनी नगरपालिका- ८ की पार्वती विक सोनाफाँटास्थित हुलाकी सडकमा त्रिपालमा बसेकी छिन्। साउन २२ गतेदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेपछि उनी सडकमा त्रिपाल लगाएर बसेकी हुन्।

यो वर्ष मात्रै नभएर हरेक वर्षायाममा उनको सोही सडकमा बास हुन्छ। सडकको किनारामा बनाइएका पालभित्र बसेकी पार्वतीले भनिन्, ‘हरेक वर्ष घर भित्र पानी पस्छ। अनि यही सडकमा बास हुन्छ।’ 

घर भित्र रहेको अन्नपात र खेतको धान पनि सबै बाढीले पुरेको उनको भनाइ छ। उनले भनिन्, ‘खोला बढ्दा बाढीले गहुँ, धान, सबै सम्पत्ति सत्यानास भइहाल्यो। अब वर्षभरि केले गुजारा चलाउने होला?’ 

हुलाकी सडकमै त्रिपालमा छोराछोरीसहित बसेकी छन् मीना चौधरी। उनको घर बाढीले क्षतविक्षत बनाएको छ। खाट, लत्ता-कपडा, भाँडाकुँडासम्म बचेका छन्। ‘खानपिनको निकै समस्या छ,’ उनले भनिन्, ‘तीन दिनसम्म चाउचाउ, चिउरा खाएर बसेकी छु। सरकारका प्रतिनिधिहरु कोही पनि आएनन्।’

भजनी नगरपालिका- ८ जनकपुरका मानसिंह चौधरीले घरमा नदीको बहाव बढेर घरभित्र नदी पस्न लागेपछि सडकमा काठले बनेको बेड ल्याएका छन्। उद्धार टोलीले नदी पसेका गाउँका वस्तीका मानिसलाई सडकमा डुङ्गाबाट सडकमा ल्याइरहेको छ।

नगरपालिकाका नगर प्रमुख केवल चौधरी भन्छन्, ‘कोही घरमा छन्। कोही सडक त कोही बनमा बसोबास गरिरहेका छन्। बानमा समेत घरमै बस्न चाहने घरपरिवार पनि छन्।’ पानीको सतह थप बढेपछि क्षति पनि बढ्दा उनीहरु चिन्तित छन्। 

‘भकारी (डेहरी) धान, गहुँ, तोरी, सबै बाढीले डुबायो,’ मानसिंहले भने, ‘खेतको धानमा पनि क्षति पुग्यो। सरकारले अब खानलाई रासनको व्यवस्था गर्नुपर्छ।’

363644598_251516781038811_3397305573667440516_n1691736577.jpg

nimb
nimb
Ncell 2
Ncell 2

भजनी नगरपालिकामा पानीको सतह बढ्दै गएपछि बाढी पीडितहरु विस्थापित भएका छन्। घरभित्र राखिएको अन्नपात बगाउँदा के खाने भन्ने समस्या छ। सडकमा बस्दा समेत नगरपालिकाबाट पनि बाहेक केही पाएका छैनन्। नगरपालिका र सुरक्षा निकाय अहिले खोज, उद्धारमा व्यस्त छ। अहिलेसम्म मानवीय क्षति नभए पनि धेरै घरपरिवार विस्थापित तथा सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

भारी वर्षाले भजनी नगरपालिका वडा नम्बर २, ३, ५, ७, ९ र ८ वडा प्रभावित भएका छन् भने कैलारी गाउँपालिकाको वडा नम्बर ७, टीकापुर नगरपालिकाको वडा नम्बर ६ र ७, जानकी गाउँपालिकाको १, ४ र ७, जोसीपुर गाउँपालिकाको वडा नम्बर ३, गोदावरी नगरपालिकाको वडा नम्बर ४ तथा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ प्रभावित भएका छन्।

दिगो समाधान खोजियोस् : बाढीपीडित 
भजनी नगरपालिका- ९ की सिर्जना बमको घरमा नदी पसेपछि सामुदायिक बनभित्र खुला आकाशमा बसेकी छन्। हरेक वर्ष नदीले निम्त्याउने बाढीबाट हैरानी खेप्दै आएकी उनले भनिन्, ‘सरकारले दिगो समाधानको योजना ल्याउनुपर्छ। यस वर्ष पानीको सतह बढी हुँदा यहाँका सबै घर डुबानमा परे। या त सरकारले उच्च घरको व्यवस्था गर्नुपर्छ, नत्र सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्छ।’

उनले बस्ती बचाउने योजना ल्याउन सरकारसँग माग गरिन्। तत्कालका लागि जैविक तटबन्धन योजना ल्याएर र दिगो रुपमा बस्ती संरक्षण गर्न ‘र्‍याम्प ड्याम’ को कार्यक्रम अघि बढाउन उनले सुझाव दिइन्। 

भजनी नगरपालिकाको कान्द्रा, मोहना र पथरैया नदीका कारण बस्ती जोखिममा पर्दै आएका छन्। योसँगै काँडा नदीले पनि सो बस्तीमा असर गर्ने गरेको स्थानीय वीरबहादुर चौधरीले बताए। उनले कटान रोक्न राज्यबाट कुनै पनि पहल नभएको गुनासो गरे। 

पहिरोपीडित धर्नामा
भारी वर्षा भइरहँदा समेत आफूहरुको व्यवस्थापन नभएको भन्दै चुरे गाउँपालिकाका पहिरो पीडित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्नामा छन्।

आर्थिक वर्ष २०७६/७७ मा पहिरोका कारण विस्थापित भएका परिवारको उचित बासस्थानको व्यवस्थापन नभएको भन्दै उनीहरु कार्यालय अगाडि धर्नामा बसेका हुन्। तर गाउँपालिकाले उनीहरुको बासस्थानको टुङ्गो लगाउँदा समेत उनीहरु सो स्थानमा बस्न मानेका छैनन्। गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले भने, ‘तराईमै बसोबासको व्यवस्था हुनुपर्छ भनेपछि हामी के गर्न सक्छौं। हामीले यहाँ बसोबासको व्यवस्थापन गरेका छौं तर, बस्न नमानेर धर्नामा छन्।’

वैज्ञानिक मापदण्ड विपरीत वर्षेनी सडक खन्न थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ। पहिरोका कारणले गाउँ नै विस्थापित भइरहेका छन्। चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणी लगायतका गाउँमा पहिरोका कारण गाउँ नै विस्थापित हुन थालेका हुन्।

चुरे गाउँपालिकाका एक सय घरपरिवारहरु सो समयमा विस्थापित भई राष्ट्रिय बनमा बसोबास गरिरहेका थिए। तर उनीहरु बसोबास गरिरहेको स्थानमा गैरपहिरो पीडित पुग्दा गत वर्ष डिभिजन बन कार्यालय कैलालीले सो वस्ती हटाएको छ। वस्ती हटेपछि उनीहरु उचित बास स्थानको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेका छन्।

364216597_562068979302444_7732926382520679990_n1691736575.jpg

जिल्ला प्रशासन कैलाली र चुरे गाउँपालिकाले यकिन पहिरो पीडितको तथ्यांक निकाल्दा एक सय घरपरिवार मात्र वास्तविक पीडित रहेका थिए। त्यसपछि उनीहरुको व्यवस्थापनका लागि चुरेमै घर जग्गाको व्यवस्थापन गरिए पनि बस्न मानेनन्। अहिले उनीहरुले धर्ना कार्यक्रम जारी राखेका छन्।

नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य प्रकाश बमले भने, ‘पहिरो पीडितहरुको चुरेमै उचित बासस्थानको व्यवस्थापन गरिएको छ। तर उनीहरु त्यहाँ बस्न मानेनन्। अहिले उनीहरु तराईमै व्यवस्थापन गर्नुपर्छ भन्छन्। जो कुरो जायज होइन।’

सात पहाडी जिल्ला पुग्न असहज
कैलालीको गोदावरी नगरपालिका- ४ भ्यागुतेपानी र चुरे गाउँपालिकामा पहिरोका कारण सडक भाँसिदा आवतजावतमा समस्या रहेको छ। सुरक्षा निकाय तथा सडक डिभिजन कार्यालयले सो सडक खुलाउन प्रयास गरिरहेको भए पनि नियमित परिरहेको वर्षाका कारण समस्या भइरहेको छ।

सहायक राजमार्ग नहुँदा प्रदेशका सात जिल्लामा रहेका मानिसलाई तराई र तराईका मानिसलाई अन्य जिल्लामा पुग्न असहज भएको छ। सरकारले धनगढी–स्याउँले–दिपायल सडकखण्ड, सेती लोकमार्ग समयमै निर्माण नगर्दा अहिले पहाडी सात जिल्लासँग सम्पर्क अवरोध रहेको छ।

कहिले हुन्छ व्यवस्थापन 
मानवीय क्षति हुँदा स्थिर हुने सरकार अहिले तराई क्षेत्रमा भइरहेको डुबान तथा पहिरोका कारण भइरहेको क्षतिबारे सरकार मौन रहेको छ। सडक सुचारु गर्न सरकार लागिरहेको छ तर पहिरोपीडितको उचित व्यवस्थापनमा सरकारले ध्यान दिएको छैन। तराईमा वर्षेनी आउने बाढीका कारण डुबान क्षेत्रको उचित व्यवस्थापनमा सरकार कमजोर भइरहेको छ। 

363858580_3611945255725967_1464682086739405703_n1691736575.jpg

सरकार खोज, उद्धार तथा राहत तथा राहतलाई प्राथमिकता राखे पनि व्यवस्थापनमा ध्यान नदिँदा बाढी तथा पहिरो पीडितले जहिले विस्थापित हुनुपरेको छ। 

भजनी नगरपालिकाका केबल चौधरी भन्छन्,‘उच्च घर तथा उच्च सडक नै बाढीपीडित समस्या समाधानको विकल्प हो।’ भजनीमा कान्द्रा, मोहना, कर्णाली नदीको जोखिम छ भने खुटिया, शिवगंगा लगायत सहायक नदीको जोखिममा तटीय क्षेत्र रहेका छन्।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
कास्कीमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरो जाँदा दुई जना घाइते‚ एक बेपत्ता अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना घाइते भएका छन्। एक जना बेपत्ता भएका छन्। पहिरोले दुई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्