काठमाडौं– धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी छिन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित ‘नक्कली डाक्टर’माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्।
‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मा पक्राउ परेका थिए।
त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर पनि पक्राउ परेका थिए। त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपराह्नतिर पक्राउ गरिएको थियो।
बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डा रामबाबु यादव र एरिना यादव रहेका छन्।
बिहीबार अपराह्नतिर बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादव पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।