काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री बस्नेतले विद्युत उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना बनाएर अन्तिम चरणमा पुगेको बताए।
उनले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोडम्याप र कार्य योजना कार्यसँगै विद्युत उत्पादन र खपतका समस्या सम्बोधन हुने भनाइ राखे। विद्युत उत्पादकहरुले एउटा फाइल पास गर्नको लागि ७ वटा मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनाइ उनले राखे। यसका लागि समन्वय गरिने जानकारी उनले दिए।
उनले ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र विद्युत विकास विभागले तयारी नपुगेको भन्दै फाइल केही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।