काठमाडौं- नेपाल राष्ट्र बैंकले नियम मिच्ने ३ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो।
प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जारनिक्षेप अनुपात कायम नगरेकोमा केन्द्रीय बैंकले २ करोड रुपैयाँ जरिवना तिराएको छ। कुमारी बैंकले २०७९ माघ महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेको भन्दै ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ जरिवाना तिराइएको हो।
यस्तै हिमालय बैंकले पनि ०७९ कात्तिक महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेपछि १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना गरिएको छ।
कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं. १५/०७९ को व्यवस्था विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेको भन्दै प्राइम कमर्सियलका सीईओलाई केन्द्रीय बैंकले सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।