• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मनसुन सुरु भएको दुई महिनापछि विपत् पूर्वतयारी कार्ययोजना तयार, हेलिप्याड योजना अलपत्र

64x64
शेरबहादुर ऐर बिहीबार, साउन १८, २०८०  ०७:४८
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले ढिला गरी प्रादेशिक विपत् पूर्वतयारी तथा कार्ययोजना २०८० ल्याएको छ। मनसुन सुरु भएको झण्डै दुई महिनापछि प्रदेश सरकारले कार्ययोजना ल्याएको हो। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले कार्ययोजना स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताए।

सुदूरपश्चिम प्रदेशमा बर्सेनि विभिन्न प्रकारका विपत्‌बाट भौतिक तथा मानविय क्षति हुने गरेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो र प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपत् र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानविय क्षति हुँदै आएका छन्।

प्रदेशमा पहिरोको घटना र यसको पुनरावृत्तिसम्बन्धी तथ्यांकलाई विश्लेषण गर्दा यस प्रदेशका ७ वटै पहाडी जिल्लाहरू र कैलाली जिल्लाका केही पहाडी भू–भाग पहिरोको उच्च जोखिम रहको अनुमान गरिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको मनसुन पूर्वतयारी तथा कार्ययोजनामा यसवर्षको मनसुनमा विपत्‌बाट प्रभावित हुनसक्ने जनसंख्यालाई प्रमुख आधारको रुपमा लिइएको छ। जसअनुसार यस प्रदेशभित्रका विभिन्न जिल्लाहरूमा बाढी तथा पहिरो (विपत्)बाट प्रभावित हुनसक्ने एक लाख ४७ हजार ६० अनुमानित जनसंख्या र घरधुरी ३३ हजार छ सय ५२ रहने अनुमान गरिएको छ।

पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला र बैतडीमा पहिरोबाट बढी जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ भने कैलाली र कञ्चनपुरमा बाढीबाट बढी प्रभावित हुने कार्ययोजनामा उल्लेख छ। अछाममा तीन हजार छ सय ६२, बैतडीमा सात हजार छ सय ८५, बझाङमा चार हजार ३१, बाजुरामा आठ हजार छ सय ३१, डडेलधुरामा सात हजार एक सय पाँच, दार्चुलामा तीन हजार तीन सय ५३ र डोटीमा ११ हजार १८ जनसंख्या पहिरोबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

तराईका २ जिल्ला कैलालीमा ४६ हजार ७७३ तथा कञ्चनपुरका ५४ हजार ८०२ जनसंख्या बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ। विपत् जोखिम नियन्त्रणका लागि त्यसैअनुसारको बजेट पनि तयारी अवस्था राख्नुपर्ने भए पनि सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रस्तुत गरेको बजेटले भने यसमा ध्यान नदिएको सरोकारवालाहरुको गुनासो छ।

विपत्‌मा प्रदेश सरकारले विशेषत: खोज, उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको छ। विपत्‌मा प्रभावित घरपरिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले विपत् राहत कोष स्थापना गरेको छ। तर, सो कोषमा रकम भने न्यून छ। मन्त्रालयका अनुसार सो कोषमा अहिलेसम्म १८ करोड ५४ लाख रहेको छ।

‘विपत् पोर्टलको २०६९ देखि २०७९ सम्मको तथ्यांकलाई विश्लेषण गर्दा यस अवधिमा प्रदेशभरी दुई सय ७१ वटा पहिरोका घटनाबाट एक सय ६२ जना मानिसको मृत्यु भएको, एक सय १८ जना घाइते भएको तथा २७ जना बेपत्ता भएको’ कार्ययोजनामा भनिएको छ, ‘पछिल्ला वर्षको घटनाक्रमहरू हेर्दा पहिरोको कारण २०७०, २०७५, २०७६, २०७७ र २०७८ सालमा बढी क्षति भएको देखिन्छ।’

Ncell 2
Ncell 2

कार्ययोजना अनुसार प्रदेशमा बाढी र डुबान ठूलो विपत्को रुपमा रहेको छ। ‘महाकाली, सेती, कर्णाली एवम् तिनका सहायक नदीहरूले ल्याउने बाढी तथा डुबानका घटना बर्सेनि दोहोरिने गरेको पाइन्छ। तराईका जिल्लामा बाढीको असर बढी हुने गरेको छ भने पहाडमा पनि नदी किनारका होचा भू–भागहरूमा भएका बस्तीमा बाढीको जोखिम हुने गरेको पाइन्छ।’
 
कार्ययोजनामा अघि भनिएको छ, ‘विगत १० वर्षसम्मको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा कूल एक सय ६९ डुबान वा बाढीका घटनाहरू भएका थिए। जसबाट ८० जना मानिसको मृत्यु भएको थियो भने ३५ जना घाइते र ६२ जना बेपत्ता भएका थिए।’

कार्ययोजना अनुसार पानीको उच्च बहावका कारण गाउँ बस्तीमा बाढी, डुबान, कटान, पटानको जोखिम उच्च रहेको छ। कैलाली र कञ्चनपुर जिल्लामा बाढी तथा डुबानका घटनाहरू अत्यधिक रहेको तथा बझाङ, डोटी बाजुरा जिल्लामा पनि बाढीका घटना हुने गरेका छन्। विगतका वर्षहरूका तथ्यांकहरू हेर्दा सामान्यतया मनसुनको समय (असार र श्रावण महिना) मा अत्याधिक बाढीका घटनाहरू भएका देखिन्छन्।

विगत १२ वर्षमा बाढीका कारण भएका भौतिक क्षतिको तथ्यांक अनुसार विसं. २०६८, २०७०, २०७३, २०७७ र २०७८ सालमा बाढीका घटनाहरू धेरै भएका छन्। 

कागजमै सीमित हेलिप्याड योजना
सुदूरपश्चिम प्रदेश सरकारले खोज, उद्धार तथा राहतका लागि सहयोग पुर्‍याउने उद्देश्यले प्रदेशमा हेलिप्याड स्थापना गर्ने योजना लिएको थियो। तर, त्यो योजना अहिलेसम्म कागजमै सीमित बनेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हवाई उद्धारसम्बन्धी कार्यविधि निर्माण गर्दा सो अवधारणा उल्लेख गरेको छ। विपत् जोखिम तथा अन्य दुर्घटनामा परेका व्यक्तिको हवाई उद्धार गरी स्रोतसाधन सम्पन्न अस्पतालमा पुर्‍याएर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सो कार्यविधि बनाइएको थियो। मन्त्रालयले कार्यविधि बनाए पनि अहिलेसम्म हेलिप्याड बनाउने स्थानबारे टुंगो लाग्न सकेको छैन। 

सबै मन्त्रालयलाई जिम्मेवारी
प्रादेशिक विपत् व्यवस्थापन कार्ययोजना, २०८० अनुसार विपत्‌बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। सडक अवरुद्ध हुन नदिन भौतिक पूर्वाधार मन्त्रालयलाई, खोज, राहत तथा उद्धारको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्वास्थ्य, शिक्षा तथा सामाजिक कार्यमा सामाजिक विकास मन्त्रालय तथा खाद्यान्नको व्यवस्थाको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई तोकिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि... शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन्... शुक्रबार, माघ २, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्