• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मनसुन सुरु भएको दुई महिनापछि विपत् पूर्वतयारी कार्ययोजना तयार, हेलिप्याड योजना अलपत्र

64x64
शेरबहादुर ऐर बिहीबार, साउन १८, २०८०  ०७:४८
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले ढिला गरी प्रादेशिक विपत् पूर्वतयारी तथा कार्ययोजना २०८० ल्याएको छ। मनसुन सुरु भएको झण्डै दुई महिनापछि प्रदेश सरकारले कार्ययोजना ल्याएको हो। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले कार्ययोजना स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताए।

सुदूरपश्चिम प्रदेशमा बर्सेनि विभिन्न प्रकारका विपत्‌बाट भौतिक तथा मानविय क्षति हुने गरेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो र प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपत् र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानविय क्षति हुँदै आएका छन्।

प्रदेशमा पहिरोको घटना र यसको पुनरावृत्तिसम्बन्धी तथ्यांकलाई विश्लेषण गर्दा यस प्रदेशका ७ वटै पहाडी जिल्लाहरू र कैलाली जिल्लाका केही पहाडी भू–भाग पहिरोको उच्च जोखिम रहको अनुमान गरिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको मनसुन पूर्वतयारी तथा कार्ययोजनामा यसवर्षको मनसुनमा विपत्‌बाट प्रभावित हुनसक्ने जनसंख्यालाई प्रमुख आधारको रुपमा लिइएको छ। जसअनुसार यस प्रदेशभित्रका विभिन्न जिल्लाहरूमा बाढी तथा पहिरो (विपत्)बाट प्रभावित हुनसक्ने एक लाख ४७ हजार ६० अनुमानित जनसंख्या र घरधुरी ३३ हजार छ सय ५२ रहने अनुमान गरिएको छ।

पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा, डोटी, डडेलधुरा, दार्चुला र बैतडीमा पहिरोबाट बढी जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ भने कैलाली र कञ्चनपुरमा बाढीबाट बढी प्रभावित हुने कार्ययोजनामा उल्लेख छ। अछाममा तीन हजार छ सय ६२, बैतडीमा सात हजार छ सय ८५, बझाङमा चार हजार ३१, बाजुरामा आठ हजार छ सय ३१, डडेलधुरामा सात हजार एक सय पाँच, दार्चुलामा तीन हजार तीन सय ५३ र डोटीमा ११ हजार १८ जनसंख्या पहिरोबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

तराईका २ जिल्ला कैलालीमा ४६ हजार ७७३ तथा कञ्चनपुरका ५४ हजार ८०२ जनसंख्या बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ। विपत् जोखिम नियन्त्रणका लागि त्यसैअनुसारको बजेट पनि तयारी अवस्था राख्नुपर्ने भए पनि सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रस्तुत गरेको बजेटले भने यसमा ध्यान नदिएको सरोकारवालाहरुको गुनासो छ।

विपत्‌मा प्रदेश सरकारले विशेषत: खोज, उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको छ। विपत्‌मा प्रभावित घरपरिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले विपत् राहत कोष स्थापना गरेको छ। तर, सो कोषमा रकम भने न्यून छ। मन्त्रालयका अनुसार सो कोषमा अहिलेसम्म १८ करोड ५४ लाख रहेको छ।

‘विपत् पोर्टलको २०६९ देखि २०७९ सम्मको तथ्यांकलाई विश्लेषण गर्दा यस अवधिमा प्रदेशभरी दुई सय ७१ वटा पहिरोका घटनाबाट एक सय ६२ जना मानिसको मृत्यु भएको, एक सय १८ जना घाइते भएको तथा २७ जना बेपत्ता भएको’ कार्ययोजनामा भनिएको छ, ‘पछिल्ला वर्षको घटनाक्रमहरू हेर्दा पहिरोको कारण २०७०, २०७५, २०७६, २०७७ र २०७८ सालमा बढी क्षति भएको देखिन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

कार्ययोजना अनुसार प्रदेशमा बाढी र डुबान ठूलो विपत्को रुपमा रहेको छ। ‘महाकाली, सेती, कर्णाली एवम् तिनका सहायक नदीहरूले ल्याउने बाढी तथा डुबानका घटना बर्सेनि दोहोरिने गरेको पाइन्छ। तराईका जिल्लामा बाढीको असर बढी हुने गरेको छ भने पहाडमा पनि नदी किनारका होचा भू–भागहरूमा भएका बस्तीमा बाढीको जोखिम हुने गरेको पाइन्छ।’
 
कार्ययोजनामा अघि भनिएको छ, ‘विगत १० वर्षसम्मको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा कूल एक सय ६९ डुबान वा बाढीका घटनाहरू भएका थिए। जसबाट ८० जना मानिसको मृत्यु भएको थियो भने ३५ जना घाइते र ६२ जना बेपत्ता भएका थिए।’

कार्ययोजना अनुसार पानीको उच्च बहावका कारण गाउँ बस्तीमा बाढी, डुबान, कटान, पटानको जोखिम उच्च रहेको छ। कैलाली र कञ्चनपुर जिल्लामा बाढी तथा डुबानका घटनाहरू अत्यधिक रहेको तथा बझाङ, डोटी बाजुरा जिल्लामा पनि बाढीका घटना हुने गरेका छन्। विगतका वर्षहरूका तथ्यांकहरू हेर्दा सामान्यतया मनसुनको समय (असार र श्रावण महिना) मा अत्याधिक बाढीका घटनाहरू भएका देखिन्छन्।

विगत १२ वर्षमा बाढीका कारण भएका भौतिक क्षतिको तथ्यांक अनुसार विसं. २०६८, २०७०, २०७३, २०७७ र २०७८ सालमा बाढीका घटनाहरू धेरै भएका छन्। 

कागजमै सीमित हेलिप्याड योजना
सुदूरपश्चिम प्रदेश सरकारले खोज, उद्धार तथा राहतका लागि सहयोग पुर्‍याउने उद्देश्यले प्रदेशमा हेलिप्याड स्थापना गर्ने योजना लिएको थियो। तर, त्यो योजना अहिलेसम्म कागजमै सीमित बनेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हवाई उद्धारसम्बन्धी कार्यविधि निर्माण गर्दा सो अवधारणा उल्लेख गरेको छ। विपत् जोखिम तथा अन्य दुर्घटनामा परेका व्यक्तिको हवाई उद्धार गरी स्रोतसाधन सम्पन्न अस्पतालमा पुर्‍याएर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सो कार्यविधि बनाइएको थियो। मन्त्रालयले कार्यविधि बनाए पनि अहिलेसम्म हेलिप्याड बनाउने स्थानबारे टुंगो लाग्न सकेको छैन। 

सबै मन्त्रालयलाई जिम्मेवारी
प्रादेशिक विपत् व्यवस्थापन कार्ययोजना, २०८० अनुसार विपत्‌बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। सडक अवरुद्ध हुन नदिन भौतिक पूर्वाधार मन्त्रालयलाई, खोज, राहत तथा उद्धारको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्वास्थ्य, शिक्षा तथा सामाजिक कार्यमा सामाजिक विकास मन्त्रालय तथा खाद्यान्नको व्यवस्थाको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई तोकिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार काठमाडौँमा भएको संघको चौँथो साधारणसभाले गहतराजको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। आगामी दुई वर्षका लागि निर्... शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने नापी विभागका अनुसार दुवै देशका नागरिकले सीमा क्षेत्रमा एकअर्काको भूभागमा पर्ने जग्गा भोगचलन गर्दै आएका छन्। प्रविधिको प्रयोग गरी त्य... शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका बिक्री केन्द्रबाट उपभोक्तालाई ग्यास उपलब्ध ग... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्