काठमाडौं– झन्डै १ क्वीन्टल सुन तस्करी प्रकरणमा जोडिएको देखिएपछि राजस्व अनुसन्धान विभागको टोलीले ठमेलको होटल भियनामा छापा मारेको छ। उक्त होटलमा केही सामान तथा तस्करी प्रकरणमा संलग्न केही कागजता हुनसक्ने आधारहरु देखिएपछि राजस्वको टोलीले छापा मारेको हो।
छापा मारेर केही कागजातहरु बरामद भएको विभाग स्रोतले जानकारी दिएको छ। सो क्रममा १ जनालाई नियन्त्रणमा समेत लिइएको स्रोतले जनाएको छ नियन्त्रणमा लिइएका व्यक्तिको परिचय भने खुलाइएको छैन।
यो प्रकरणमा अहिलेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्टसहित १८ जना पक्राउ परेका छन्। यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।