• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कोशी प्रदेशको सरकार गठनः

वर्षाको कोशीजस्तै धुमिल कोशीको राजनीति

64x64
ईश्वर बराल शुक्रबार, साउन १२, २०८०  २१:००
1140x725

काठमाडौं– वर्षायामको कोशी जति धुमिल, अस्थिर र हतारमा देखिन्छ, त्यहीँ छेउको विराटनगरको राजनीति पनि उति नै धुमिल, अस्थिर र हतारमा छ। जसको कडी पछिल्ला २० दिन र त्यसअघिका अरु ५ दिनलाई हेरे पुग्छ। र अन्तत, बिहिबारको सर्वोच्चको फैसलाले उक्त राजनीतिमा थप तरङ्ग सिर्जना गरिदिएको छ। 

९३ सदस्य रहेको कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतम कसरी सरकार गठनका लागि आवश्यक पर्ने ४७ अङ्कका लागि निर्णायाक हस्ताक्षर गर्न तयार भए? कसरी बालुबाटारको बलमिच्याइँले संविधान माथि प्रहार भयो? भन्ने विषयमा अब त्यति घोत्लिरहन नपर्ला। 

अब घोत्लिुनुपर्ने विषय भनेको केन्द्रीय सत्तागठबन्धनको पेलाइलाई सर्वोच्चले सच्याएपछिको राजनीतिको बैठान कसरी हुन्छ? भन्ने विषय हो। जब सर्वोच्चले बिहीबार मात्र असार २१ गते कांग्रेस नेता उद्धव थापाले सभामुखको हस्ताक्षर समावेश गरेर मुख्यमन्त्रीको पद हत्याएको विषयलाई खारेजी गरिदियो, त्यसपछि कसरी नयाँ सरकार बन्छ? भन्नेमा चासो बढेको छ। 

चासो बढ्नु स्वाभाविक पनि हो। एमाले नेता तथा तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको सरकारका दिनगन्ती फागुनको मध्यमै सुरु भएको थियो। अप्ठ्यारो अङ्कगणितका कारण पनि उनि असारको मध्यसम्म सत्तामै  रहन सफल भए। सायदै, कार्कीले आफ्नो सरकारको दीर्घजीवनको लागि प्रयत्न गरे । 

कार्की अपदस्थ भएपछि ‘कीर्ते’ पारामा मुख्यमन्त्री भएका कांग्रेसका थापाले पनि त्यो बीचमा सभामुख बिना नै टार्गेट नम्बर ४७ पुर्‍याउने प्रयत्न नगरेका होइनन्। तर उनी यसमा सफल भएनन्। अब पुनः सर्वोच्चको फैसलाले राजनीतिक दलहरु उही पुरानै अवस्थामा आएका छन्।  सर्वाेच्चकाे पछिल्लाे फैसलाले नेपालको संविधानको धारा १६८ को  उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दलहरु मिलेर बहुमतको सरकारका लागि साउन १७ गते बेलुका ५ बजेसम्मको समय  दलहरुले पाएका छन्। यद्यपि, प्रदेश प्रमुख पर्शुराम खापुङगले शुक्रबार एक सूचना जारी गर्दै १६ गते साँझसम्ममा सरकारका लागि दाबी गर्न भनेका छन्। 

‘असम्भवप्राय’  अङ्क ४७ कसले जुटाउलान् 
यसअघिका प्रयत्नले असम्भव बनेको ४७ अङ्क जुटाउने प्रयत्नमा दलहरु पुनः जुटिसकेका छन्। तर त्यसलाई कसरी सम्भव तुल्याउने  भन्नेमा दलहरु आफैं स्पष्ट छैनन्। 

नेकपा एमाले संघको गठबन्धनप्रति असाध्यै अनुदार छ। तर सोही गठबन्धनको प्रादेशिक संरचनासँग भने नरम देखिन्छ। सरकार बनाउनका लागि सबै दल बराबर स्थितिमा आएर पनि होला  काेशीमा एमाले लचिलो भएर प्रस्तुत भएको देखिन्छ। जसको संकेत उक्त पार्टीको संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्कीले शुक्रबार बिहान  पत्रकारसँगकाे कुराकानीमा गरेका छन्। 

उनले आफूहरु सवै दलसँग मिल्न तयार रहेको बताए। त्यसका अतिरिक्त न उनी कांग्रेस–माओवादी गठबन्धनविरुद्ध कुनै शब्द बोले, न असंवैधानिक काम गर्ने सभामुखकाविरुद्ध केही बोले।  

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपाली कांग्रेससँग मिल्न तयार छौं। मुख्यमन्त्री दिन जो सुकैलाई पनि तयार छौं,’ उनले भने,  ‘स्थायित्व हुन्छ भने एमाले मुख्यमन्त्रीमा दाबी राखेर बाधक बन्दैन।’ उनले मुख्यमन्त्री कांग्रेससँग आधा–आधा बाँढेर चलाउन पनि तयार रहेको  स्पष्ट राखे । 

‘कांग्रेसले आधा–आधा मुख्यमन्त्री लिन तयार छ भने हामी तयार छौं,’ उनले भने, ‘प्रदेश संस्थागत गराउन सर्वदलीय सरकार बनाउन पनि  हामी तयार छौं।’  

उनको याे अभिव्यक्तिले के देखिन्छ भने  एमाले संघको गठबन्धनको ठिक विपरीत प्रदेशमा कांग्रेससँग गठबन्धन बनाउन परेपनि तयार देखिन्छ । त्यो सफल हुन सके संघको गठबन्धन कमजोर बन्दै जाने भित्रि वुझाए एमाले हुनसक्न वुझिन्छ। अर्कोतर्फ साना दलहरुको ठूलो मोलमोलाइको झंझट नरहने भएकाले एमालेले याे कार्ड खेल्न खाेजेकाे देखिन्छ । तर आजको दिनमा त्यो सम्भव भने देखिँदैन। 

एमाले अहिलेको सरकार गठनकाे प्रक्रिया स्वत: १६८ काे उपधारा ३  मा जाओस् भन्ने पक्षमा छ। जहाँ ठूलो दलको नेता स्वतः मुख्यमन्त्रीमा नियुक्ती हुने र ३० दिन भित्रमा संसद्‌मा आफ्नो बहुमत रहेको देखाउनुपर्ने हुन्छ। एमाले ठान्छ, मुख्यमन्त्री हत्याइसकेपछि कसो ४७ पुर्‍याइन्नँ? सर्वाेच्चमा यस्ताे आदेशकाे माग पनि गरेकाे थियाे । तर अदालतले  विचकाे वाटाे राेजेकाे थियाे ।

‘हाम्रो माग उपधारा ३ अनुसार हुनुपर्छ भन्ने थियो। भएन। हामी अहिलेको प्रक्रियामा जाने, सहमति खोज्ने प्रयास त गर्छौं तर यो प्रक्रिया ढिलो चाँडो उपधारा ३ मा पुगिहाल्छ। जसमा हाम्रो नेतृत्व स्वत हुन्छ,’ एमालेका सचेतक रेवतीरवण भण्डारी भन्छन्। 

भण्डारी ३ मै पुगिसकेपछि अरु दलहरुले सहयोग गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुग्ने औंल्याउँछन्। एमालेको अहिलको ‘मूड’ २ अनुसार सरकार गठन हुने वातावरण पनि बिगार्ने र ३ मा गए आफूलाई कसरी बहुमत पुर्‍याउने भन्ने रणनीतिमा रहेको बताउँछन् एमालेकै एक प्रदेश सांसद। जसलाई नजरअन्दाज गर्न  सकिन्न पनि।

 कांग्रेस ‘मौन’ तर बहुमत जुटाएर पुन: फर्किने दाउमा
कांग्रेसले भने फरक रणनीति अख्तियार गर्न लागेको छ। उ सभामुखले राजीनामा दिएर भए पनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भन्नेमा छ। तर सभामुख गौतमले आफू कुनै पनि हालतमा राजीनामा  नदिने बताइसकेका छन्। 

कांग्रेस केन्द्रबाटै दबाब बढाउन चाहन्छ। त्यसका लागि त्यहाँका सांसदको टोली सभापति शेरबहादुर देउवालाई भेट्न र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई दबाब बढाउन संघीय राजधानीमा आइसकेका छन्। 

कांग्रेस सचेतक भुपेन्द्र राई पनि आफूहरुले सरकारका लाागि बहुमत सहित दाबी गर्ने बताए । ‘सर्वोच्च अदालतले गरेको निर्णयलाई पालना गर्छौं। र  त्यसका लागि प्रयास गर्छौं।  सभामुखको हस्ताक्षरबाहेक हामी बहुमत जुटाउँछौं। अहिले यत्ति भनौं,’ राईले भने।

माओवादी र एकीकृत समाजवादी पार्टी भने अहिले आफूहरु छलफलमा रहेको बताउँछन्। यसअघि पनि प्रदेश सभामा १३ सांसद रहेको माओवादीको मुख्यमन्त्रीमा दाबी थियो। तर केन्द्रीय तहबाटै कांग्रेसको नाममा सहमति बनेपछि त्यहाँका माओवादी नेताहरु खिन्न बनेका थिए । 

कोशी प्रदेशका माओवादी नेताहरुले आफ्नो दलबाट मुख्यमन्त्री बनेमा राप्रपाको समर्थन पाउने संकेत पाएका थिए। तर काठमाडौंले सो कुरालाई पूर्णत बेवास्ता गरिदियो। अहिले माओवादीका नेता काठमाडौंले नै पुरानो कोर्स सकार्ने बताउँछन्। तर उनीहरु मुखर छैनन्। 

‘हाम्रो नेतृत्वमा सरकार बनेको भए बहुमत जुट्ने स्थिति थियो। तर हाम्रै केन्द्रीय नेतृत्वले पत्याएन। यसपटक त्यो कुरा मनन गर्छ र अघि बढ्नोस् भन्छ भन्नेमा हामी विश्वस्त छौं,’ नाम नखुलाउने सर्तमा एक नेताले बताए। 

राप्रपाः निर्णायक तर अलमलमा
राप्रपाले फागुनको मध्यमै आफू कुनै पनि सरकारको गठन, विघटनको खेलमा नलाग्ने भनेर घोषणा गरेको थियो। ऊ संघको सरकारसहित अन्य प्रदेशबाट पनि क्रमश: बाहिरिएको थियो। 

तर कोशीमा भने फरक छ। राप्रपा कोशीमा असार २१ सम्म कामचलाउ सरकार हुँदा पनि सरकारमै थियो र त्यसपछि एमालेसँगै साथ लागेर  सर्वोच्चमा पनि पुगेको थियो। तर अब राप्रपा कता  ढल्कनेमा अलमलमा छ। 

राप्रपा  यदि कांग्रेस–माओवादीको गठबन्धनमा आए निर्णायक हुने छ । तर उसका आफ्नै माग छन्। मूलत ऊ, मुख्यमन्त्री पाउनुपर्ने माग राखिरहेकाे छ।तर पाइहाल्ने स्थिति भने छैन। राप्रपा कोशी संसदीय दलका नेता तथा पूर्वमन्त्री भक्तिप्रसाद सिटौलाले आफूहरु छलफलको क्रममा रहेको तर आफ्नो यो–त्यो माग नरहेको दाबी गरे । 

‘हामी अन्यदलहरुसँग छलफल गरेर सर्वोच्चले भने बमोजिम धारा २ अनुसारकै सरकार गठनका लागि प्रयासमा छौं,’ सिटौलाले भने। 

तपाईंहरु कुन गठबन्धनको भन्ने प्रश्नमा सिटौला भन्छन्, ‘हामी कोशी प्रदेशको स्थायित्वको पक्षको हो। अरु समयक्रमले देखाउँछ।’ 

कोशीमा एमालेका ४० सांसद , कांग्रेस २९, माओावादी १३, एकीकृत समाजवादी ४, राप्रपा ६ र जसपाका १ सांसद छन्।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्