• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

ललिता निवास प्रकरण : हाइप्रोफाइल व्यवसायीहरु नै अनुसन्धानको घेरामा, अधिकांश फरार

64x64
नारायण अधिकारी बुधबार, साउन १०, २०८०  ०८:१५
1140x725

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा हाईप्रोफाइल व्यवसायीहरुकै संलग्नता खुलेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ। 

विभिन्न सेटिङ र मिलेमतोमा कौडीको भाउमा सरकारी जग्गा हत्याइएको अनुसन्धानबाट खुलेपछि उनीहरुलाई पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउन सीआईबी अहिले जुटिरहेको छ। अनुसन्धानका क्रममा पूर्व र बहालवाला उच्च तहका सरकारी कर्मचारीदेखि व्यवसायी समेत अहिले यो प्रकरणमा पक्राउ परेर सीआईबीको हिरासतमा छन्।

ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हत्याउने क्रममा प्रत्यक्ष संलग्न भए पनि सरकारी जग्गा हो भन्ने थाहा हुँदाहुँदै कौडीको भाउमा खरिद गरेर आफ्नो नाममा ल्याएको पाइएपछि अहिले उनीहरुमाथि पनि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। सीआईबीको अनुसन्धानअनुसार यो प्रकरणमा विभिन्न हाईप्रोफाइल व्यवसायीहरु पनि तानिने भएका छन्। जसमध्ये केहीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ भने केहीको हकमा अनुसन्धान जारी रहेको  सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

मनोज केडिया (सिद्धार्थ बैंक–अध्यक्ष)
केडिया अर्गनाइजेशनका कार्यकारी निर्देशक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया समेत सीआईबीको अनुसन्धान राडरमा पर्ने भएका छन्। ललिता निवासको सरकारी जग्गा केडियाको नाममा रहेको पाइएपछि सीआईबीले यस विषयमा अहिले अनुसन्धान गरिरहेको छ।

manoj_kedia1690302239.jpg


‘अहिले नै यो, उविरुद्ध अनुसन्धान गरेका छौं। पक्राउ गर्छौं भन्नेभन्दा पनि कीर्ते गरेर नक्कली मोही खडा गरी जग्गा हत्याउनेदेखि जग्गा धनीसम्मलाई अनुसन्धानको दायरामा ल्याउँछौं’, सीआईबी प्रवक्ता तथा एसपी सञ्जयसिंह थापाले भने।

यसअघि केडिया तथा उनका आफन्तको नाममा समेत ललिता निवासको जग्गा रहेको पाइए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उनीहरुलाई ‘उन्मुक्ति’ दिएको थियो। अख्तियारले केडिया सहित  व्यक्तिका नाममा रहेको जग्गा सरकारका नाममा ल्याउनुपर्ने भएकाले जग्गा फिर्ता प्रयोजनका लागि मात्रै केडियाविरुद्ध मुद्दा दर्ता गरेको थियो। तर सीआईबीले भने अहिले पक्राउ गरेर कीर्तेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान गरिहरेको छ। केडिया सीआईबीको निगरानीमा रहे पनि अहिलेसम्म पक्राउ भने परेका छैनन्। 

गोविन्दलाल संघाई (नेपाल लाइफ इन्स्योरेन्स–अध्यक्ष)

Govinda_lal_Sanjhai1690350945.jpgनेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघाई पनि सीआईबीको खोजी सूचीमा छन्। उनको नाममा पनि ललिता निवासको सरकारी जग्गा रहेको खुलेपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याएर मुद्दा चलाउने तयारी सीआईबीको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नागरिकता नम्बर २९८३/८८४५ रहेका संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बरहरु ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गाहरु आफ्नो नाममा पारेका छन्। सरकारी जग्गामा संघाईको नाममा हुँदा समेत अख्तियारले उनलाई पनि जग्गा फिर्ता प्रयोजनका लागि भन्दै मुद्दा दर्ता गर्नुबाहेक अरु ‘एक्सन’ लिएको थिएन।

तर यसपटक भने सीआईबीले उनलाई पनि पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ। अहिलेसम्म संघाई भने पक्राउ परेका छैनन्। संघाई यसअघि नक्कली कर चुक्ता प्रमाण पत्र पेस गरेको अभियोगमा पक्राउ परेका थिए। अध्यक्ष संघाईले भारतबाट नक्कली शैक्षिक प्रमाण पत्र ल्याएको भन्दै अख्तियारमा उजुरीसमेत परेको थियो।

पुरुषोत्तम पौडेल (किया मोटर्स)

purusottam-poudel1690302301.jpgनेपालमा किया गाडीका बिक्रेता पुरुषोत्तम पौडेल पनि सीआईबीको खोजी सूचीमा छन्। नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष र कार्यकारी निर्देशक हुन् पौडेल।

Xtrem

Xtrem

नागरिकता नम्बर ५३२१/५३१७ काठमाडौं रहेका पौडेलको नाममा सिट नम्बर १०२५–२० मा कित्ता नम्बर ९२ को सरकारी जग्गा छ। उक्त जग्गा फिर्ता गर्ने प्रयोजनका लागि भन्दै यसअघि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। तर यो पटक सीआईबीले भने पक्राउ गरेरै कीर्तेमा मुद्दा चलाउने तयारी गरेको छ।

पौडेलको ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी भेटिएको थियो। अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर गरेको खोजले यो तथ्य बाहिर ल्याएको थियो। पौडेलले सन् २००९ मा ब्रिटिश भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेका भेटिएको थियो।

सुहृद घिमिरे (किया मोटर्स)
Suhidra_raj_Ghimire1690351848.jpgकिया मोटर्सकै अर्का व्यवसायिक साझेदार सुहृद घिमिरे पनि सीआईबीको खोजी सूचीमै छन्। घिमिरेको सासूको नाममा ललिता निवासको जग्गा देखिएपछि उनी पनि अनुसन्धानमा तानिएका हुन्। घिमिरेकी सासू इन्दु शर्माको नाममा ललिता निवासको जग्गा भेटिएको छ।

घिमिरेकी सासू इन्दुको नाममा सिट नम्बर १०२५–२० को कित्ता नम्बर ९६, १०५, १०७, १०९, १११, ७३, सिट नम्बर १०२५–१९ को ७२, ७६, १९ र २१ नम्बर कित्ताका जग्गामा छन्। सासू शर्माको नाममा मात्रै करिब १३ रोपनी जग्गा रहेको खुलेको छ।

यी जग्गा घिमिरेले सासू शर्माको नाममा पास गरेको खुलेपछि सीआईबीले उनलाई पनि अनुसन्धानको दायरामा राखेको छ। अख्तियारले भने यो जग्गा फिर्ताका लागि भन्दै उनीहरुलाई प्रतिवादी बनाएको थियो। घिमिरेले ललिता निवासको जग्गा ५० हजार प्रतिआनाका दरले किनेको खुलेको सीआईबी स्रोत बताउँछ।

कैलाशचन्द्र गोयल (सनराईज बैंक, गोयल समूहका अध्यक्ष)

kailash goyal1690302352.jpgगोयल समूहका अध्यक्ष तथा सनराईज बैंकका संस्थापक शेयरधनी कैलाशचन्द्र गोयल पनि ललिता निवास प्रकरणमा जोडिएका छन्। 

मारवाडी सेवा समितिका अध्यक्षसमेत रहेका कैलाशचन्द्र गोयलको डीएलएफ डेभ्‌लपर्सको नाममा ललिता निवासको १९ रोपनी जग्गा देखिएको सीआईबी स्रोतको भनाइ छ। गोयल ग्रुपले बैंकदेखि निर्माणसम्मका कम्पनी सञ्चालन गर्दै आएको छ।

यसअघि अख्तियारले गोयलविरुद्ध जग्गा फिर्ता प्रयोजनका लागि भन्दै मुद्दा दर्ता गरेको थियो। बयानका लागि अदालतमा उपस्थित नभएको भन्दै पछि विशेष अदालतले गोयलसहितका व्यक्तिको नाममा बेपत्ते तामेलीसमेत गरेको थियो।

तर, अहिले भने सीआईबीले गोयललाई पक्राउ गरेर हिरासतमै राखेर अनुसन्धान गर्ने तयारी गरेको छ। उनी पनि अहिलेसम्म पक्राउ परेका छैनन्। यीनै विवादित पात्र गोयलले पछि राष्ट्रपतिबाट तक्मासमेत पाएका थिए।

शिवरतन शारडा (शारडा ग्रुप–अध्यक्ष)

Shiva-Ratan-Sharda-3-1024x7171690302352.jpgललिता निवासमा जोडिएका अर्का हाईप्रोफाइल व्यवसायी हुन् शारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा। विराटनगरको औद्योगिक घराना शारडा ग्रुपका सञ्चालक शिवरतन सीआईबीको खोजी सूचीमा छन्।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी जोडिएपछि सीआईबीले उनको खोजी तीव्र पारेको छ। प्रहरीले खोजी सुरु गरेपछि दाजु–भाइ तथा छोरा नै फरार भएका छन्।

शारडा ग्रुपको नाममासमेत ललिता निवासको जग्गा रहेको पाइएपछि उनी पनि अनुसन्धानमा ताएिका हुन्। शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ लगायतले ललितानिवासको जग्गा व्यक्तिको नाममा ल्याइसकेपछि त्यो जग्गा शारडा ग्रुपले किनेको बताइएको छ।

अधिकांश भारत पुगेको आशंका
माथि उल्लेख गरिएका कुनै पनि व्यापारी अहिले प्रहरीको सम्पर्कमा छैनन्। ललिता निवास प्रकरणमा नाम जोडिएका हाईप्रोफाइल व्यापारीहरु अधिकांश जसो भागेर अहिले भारत पुगेको आशंका गरिएको छ। यो प्रकरणमा जग्गा खरिद गरेकै कारण भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेपछि उनीहरु अधिकांशजसो फरार भएर भारत पुगेको सीआईबी स्रोत बताउँछ।

अझ यो प्रकरणमा जोडिएका अर्का व्यक्ति केशव तुलाधर पक्राउ परेपछि व्यवसायी झनै सशंकित हुँदै फरार भएका हुन्। तुलाधरलाई यसअघि अख्तियारले जग्गा फिर्ताको प्रयोजनका लागि मात्रै भनेर विशेष अदालतमा दायर मुद्दामा प्रतिवादी बनाएको थियो। तर पछि उनलाई समेत पक्राउ गरेर हिरासतमा राखेपछि व्यसायीहरु फरार भएका हुन्।

पक्राउ पुर्जीको सूचना जारी भएपछि शारडा ग्रुपका अध्यक्ष नै सम्पर्कविहीन भएको भन्दै यसअघि विराटनगरका व्यवसायीहरुको संगठन मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले उद्योगी व्यवसायीलाई धरपकड नगर्न माग गर्दै विज्ञप्ति नै निकालेको थियो।

सीआईबीले धरपकड सुरु गरेपछि शिवरतन शारडा, उनका छोरा सन्दीपकुमार, भाइ श्रीनिवास, रोधश्याम पवनकुमार सम्पर्कविहीन भएको उद्योग परिसंघले जनाएको थियो।

अन्य व्यापारीमाथि पनि अनुसन्धान
यो प्रकरणमा जोडिएका अन्य व्यापारी तथा व्यक्तिहरुमाथि पनि सीआईबीले अनुसन्धान जारी राखेको छ। व्यापारी सिपिका खेतान, मीनबहादुर गुरुङका भाइ पहलमान गुरुङ पनि अनुसन्धानको केन्द्रमा छन्।

सञ्जयकुमार चाचन, प्रमोश शेरचन, प्रमोद गुरुङ लगायत मुछिएपछि जग्गा किन्ने व्यापारीहरुविरुद्ध मुद्दा चलाउने तयारीमा सीआईबी छ। धेरै व्यवसायीले श्रीमतीको नाममा त्यहाँको जग्गा किनेका थिए। विवादास्पद जग्गा भएकाले कतिपयले सस्तोमा खरिद गरेको स्रोत बताउँछ।

ललिता निवासको जग्गामा यसअघि अख्तियारले १७६ जनाविरुद्ध मुद्दा दायर गरेकोमा ६५ जनालाई भने जग्गा फिर्ताका लागि मात्रै प्रतिवादी बनाइएको थियो। उक्त जग्गा मन्ति गोर्खाली, निर्मलादेवी गोयल, निकिता तुलाधर, उमा प्रसाईं, युरिशोभा तुलाधर, रेणुका बज्राचार्य, सुविस्ता तुलाधर, अञ्जना तुलाधर, चन्द्रिका कंसाकार, सानुछोरी बज्राचार्य लगायतको नाममा छ।

त्यस्तै, सिपिका खेतान, सुष्मा बज्राचार्य, सन्ध्या शाक्य, संगीता राखेचा, नुतन श्रेष्ठ, धर्मशोभा शाक्य, डिम्पल बंशल, सरिता मानन्धर श्रेष्ठ, गीता गौतम खनाल, नितु गुरुङ, रीता गौतम खनाल, रत्नहिरा बज्राचार्य, प्रविण ताम्राकार, विजय ताम्राकार, माया शेर्पा गौचनको नाममा पनि जग्गा छ।

महेशराज तुलाधर, द्वारिकादेवी श्रेष्ठ, इन्द्रदेव गुरुङ, इन्दु शर्मा, संदीप ढकाल, भवानी जोशी, भारती पाण्डे, विवेककुमार सुवेदी, केशव तुलाधर, अनिता देवी कंसाकार, अं वीरमान ताम्राकार, अनलिमान ताम्राकार, गायत्री श्रेष्ठको नाममा पनि जग्गा देखिएको छ। पञ्च नारायण महर्जन, राधा सिग्देल, मचाबाबु प्रजापति, रुपेसकुमार सुवेदी, सरोज ढकाल, पहलमान गुरुङ, पुरुषोत्तम पौडेल, च्युतराज श्रेष्ठ, विजेन्द्र जोशी र द्रीलक्ष्मी श्रेष्ठलगायतका यी जग्गा धनीविरुद्ध पनि अनुसन्धान गरेर मुद्दा दायर गर्ने तयारीमा सीआईबी छ।

अहिलेसम्म २१ पक्राउ
काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गर्दा सरकारी दस्तखत तथा कागजात कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको सीआईबीले अहिलेसम्म २१ जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। सोमबार नक्कली मोही सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन पक्राउ परेसँगै हिरासतमा रहनेको संख्या २१ पुगेको हो। सीआईबीले यो प्रकरणमा गत असार १२ गतेबाट आरोपीहरु पक्राउ गर्न सुरु गरेको थियो। 

आइतबार जोरपाटी क्षेत्रको नयाँबस्तीस्थित आफ्नै निवासबाट नापी विभागका तत्कालीन कर्मचारी तथा अमिन अरुण कुमार श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको थियो। सरकारी जग्गा व्यक्तिको कायम गर्दा सरकारी दस्तखत तथा कागजात कीर्ते प्रकरणमा अनुसन्धान सुरु गरेको सीआईबीले ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको छ। जसमध्ये पक्राउ १९ जना अहिले हिरासतमा रहेका हुन्।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह लगायत व्यक्ति सीआईबीको हिरासतमा छन्। पक्राउ परेकासहितहरुको समूहले विभिन्न ४ चरणमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएर हत्याएको सीआईबीले जनाएको छ।

अनुसन्धानबाट खुलेअनुसार २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी ४ पटकमा सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएर हत्याइएको देखिएको छ। २०१८ सालमा तत्कालीन श्री ५ को सरकारले राज्यविरुद्ध गतिविधि गरेको भन्दै सुवर्ण शमशेर राणा र उनको परिवारको जग्गा जफत गरेको थियो। त्यसपछि २०२१ सालमा सरकारलाई जग्गा आवश्यक रहेको भन्दै ६ वटा दरबार अधिग्रहण गरिएको थियो।

सरकारी प्रयोगमा आवश्यक हुने भन्दै २०२१ मंसिर १७ गते भरत समशेर, सुवर्ण समशेर लगायतको नामको घरजग्गा क्षतिपूर्ति दिएर तत्कालीन गृह पञ्चायत मन्त्रालयले अधिग्रहण गरेको थियो।

२०१८ मा जफत र २०२१ मा अधिग्रहण गरिएको जग्गामध्ये केही जग्गा नै २०४७ सालपछि व्यक्तिको नाममा लगेर हत्याएको पाइएको छ। २०४७ सालको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले जफत गरिएका जग्गामध्ये प्रजातन्त्र ल्याउन लड्ने, हदबन्दीभित्र पर्ने र गृह मन्त्रालयको टोलीले छानबिन गरेपछि फिर्ता गर्नुपर्ने देखिएमा फिर्ता गर्ने निर्णय गरेको थियो। त्यही निर्णयलाई देखाउँदै तत्कालीन सरकारले तोकेका तीनवटै मापदण्ड पूरा नगरी व्यक्ति तथा गुठीको नाममा ल्याएर १४० रोपनी भन्दा बढी सरकारी जग्गा हत्याइएको पाइएको सीआईबीको निष्कर्ष छ।

अन्तरिम सरकारको उक्त निर्णयपछि मालपोतमा लेखनदासको काम गर्दै आएका रामकुमार सुवेदी र शोभाकान्त ढकालको योजनामा नक्कली मोही खडा गरेर २०४९ सालदेखि सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको खुलेको छ। यसको मुख्य योजनाकार नै सुवेदी दम्पत्ति र ढकाल रहेको सीआईबीले बताएको छ। 

त्यसपछि २०६२ सालमा सुनिती राणा र हेमाद्री शमशेर राणाको नाममा जग्गा ल्याइएको थियो। त्यसबेला सुनितीको नाममा १२ आना जग्गा छुट भन्दै दर्ता गराइएको खुलेको छ।

२०६७ सालमा भने सभामुख, मुख्यसचिव निवासमा बाटो निकाल्ने नाममा २७र२८ रोपनी सरकारी जग्गा मासिएको खुलेको छ। २०६९ सालमा भने सरकारी जग्गा गुठीको नाममा ल्याएर हत्याइएको पाइएको सीआईबीको अनुसन्धानले देखाएको छ। यसरी ४ पटकमा १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको अनुसन्धानले देखाएको छ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा १७५ जनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। ४ पटकमा गरी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएकाले लिखतसम्बन्धी चार वटा कीर्ते कसुरमा मुद्दा चलाउने तयारी सीआईबीको छ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्