• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘समाचार’ बन्न नसकेका कांग्रेसको बैठकमा देउवाका छायाहरु

64x64
ईश्वर बराल सोमबार, साउन ८, २०८०  २१:४१
1140x725

काठमाडौं– कांग्रेसको केन्द्रीय समितिको छैटौं दिनको (सोमबारको) बैठक सुरु हुँदैगर्दा राजनीतिक विश्लेषक विष्णु सापकोटाले एउटा सटिक ट्विट गरे। उनले कांग्रेसका पछिल्ला ५ दिनका बैठकका छलफल सुने/पढे सायद। त्यसलाई संश्लेषित गर्दै निष्कर्ष निकाले। 

‘केन्द्रीय समितिमा बहुमत सदस्य देउवाले ल्याएका मानिस छन् भन्ने जगजाहेर थियो। बैठकमा तिनिहरुले महामन्त्रीहरुलाई समर्थन गरेर बोलेको भए पो त्यो कुनै समाचार हुन्थ्यो। अहिलेको त के समाचार, हैन र?,’ सापकोटाले प्रश्न तेर्स्याए।

सापकोटाको प्रश्नसँग करिब सहमत हुन सकिन्छ। किनेभने साउन २ मा महामन्त्रीहरुले अजेण्डा प्रस्तुत गरेपछि साउन ३ देखि निरन्तर ४ दिन कांग्रेसका केन्द्रीय समितिका सदस्यले छलफलमा सहभागिता जनाए। छलफलमा सहभागी हुँदैगर्दा अधिकांश नेताहरु पार्टी सभापति शेरबहादुर देउवाको ‘छाया’ को रुपमा प्रस्तुत भए।

छायाको बारेमा सोही पार्टीका महामन्त्री विश्वप्रकाशले स्पष्ट पारेका छन्।

‘साथी कोही छाया जस्तो हुन्छन्, त्यसको पनि जरुरत पर्छ,’ शर्माले थप स्पष्ट पारे, ‘तर ऐना जस्तो साथी त्योभन्दा उपयुक्त हुनसक्छ। किनभने छायाले झुट्टो साँचो भन्दैन। तर ऐनाले के हुन्छ भने साँचो देखाउँछ।’ शर्माले पनि छलफलमा सहभागी नेताहरुको अभिव्यक्ति सुनेर हाँस्यमुद्रामा व्यङ्ग्य कसेका हुन्।

विश्लेषक सापकोटा र महामन्त्री शर्माको कुरालाई एक ठाउँ राखेर हेर्ने हो भने दृश्य स्पष्टै आउँछ। कांग्रेसको केन्द्रीय समितिको बैठकमा आजका दिनमा आममान्छेले भोगेका समस्यामा कुनै चिन्तन भएन। कुनै चासो देखिएन। त्यसैले जनतालाई सुनाउने कुनै समाचार छैन।

अर्कोतर्फ, बैठकमा बोल्ने अधिकांश सभापतिका ‘छाया’ थिए जसले देउवासमक्ष अनुनय गरे। तर पार्टीको आजको स्थिति र थिति बसाउन ऐना देखाउने एकाध सदस्यहरु देखा परे। जो मुधरो र अपष्ट रुपमा बोले। 

देउवाको जित, कांग्रेसको हार
करिब ११ महिनापछि बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले स्वभाविकरुपमा धेरैको ध्यान खिचेको थियो। यो बीचमा निर्वाचन, त्यसले परिर्वतन गरेको राजनीतिक समीकरणहरुबारे पक्कै छलफल होला भन्ने थियो।

Ncell 2
Ncell 2
nimb
nimb

भुटानी शरणार्थी प्रकरणमा पार्टीकै शीर्षस्थ नेताहरुको मिलिभगतले गुमेको पार्टीको ‘गुडवील’ जोगाउने सन्दर्भमा केही ठोस निर्णय होला भन्ने थियो। त्यस्तै, ललिता निवास प्रकरणदेखि पछिल्लो सुन तस्करीको विषयमा पार्टीले एउटा स्पष्ट धारणा तय गर्नुपर्ने आवाज उठ्ला भन्ने थियो। तर छलफलको विषय बनेन।

छलफलको विषय आम मान्छेका दैनिकीका समस्या पनि बनेन। र छलफलको विषय तमामरुपमा देखिएका मौजुदा समस्याहरु हुन सकेनन्।

यो ११ महिनाको बीचमा वैकल्पिक रुपमा आएको रास्वपाले धेरै क्षति कांग्रेसलाई नै पुर्‍याएको थियो। तर त्यसलाई कम गर्ने र पुनर्ताजकी गर्नुपर्नेमा, नेतृत्वलाई दबाब दिनुपर्नेमा कसैलाई आवश्यक लागेन। अर्को शब्दमा भन्दा आजका दिनका समस्याहरुलाई कांग्रेसीहरुले अनदेखा गरे वा उनीहरुलाई यी समस्यै लागेनन्।

छलफलमा सहभागी अधिकांश नेताहरुले सभापति देउवाको भूमिकाको प्रशंसा गरे। धन्यवाद दिए। र पार्टीभित्र सुधारका पक्षधर रहेका दुई महामन्त्रीलाई ‘बाधक’ रहेको ठहर गरे। यसका अलावा, नक्कली शरणार्थी प्रकरणले पुर्पक्षमा रहेका प्रभावशाली नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने मुखर धारणा राख्नेमाथि पनि कडा शब्दमा निन्दा भयो। सो काम प्रभावशाली नेताहरु र कानुनको ज्ञाता रहेको दाबी गर्नेहरु नै खाणको बचाउमा उभिए।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले त खाणलाई भ्रष्टाचार मुद्दामा पक्राउ गर्नुपूर्व नै पार्टीले जोगाउन नसकेकोमा आपत्ति जनाए। उनले भने ‘आज एउटा साथी पुर्पक्षमा थुनिएको छ, उसलाई त्योभन्दा पहिल्यै मद्दत गर्न सकिन्थ्यो होला, त्यो किन गरिएन?’ श्रेष्ठले महामन्त्रीहरुप्रति लक्षीत गर्दै पार्टीभित्र नेता र कार्यकर्ताबीच वाक्युद्ध चलिरहेको भन्दै त्यसले पार्टीलाई लाभ नहुने टिप्पणी गरेका थिए। 

आफूलाई कानुनको ज्ञाता दाबी गर्ने केन्द्रीय सदस्य मिन विश्वकर्माले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका खाण कांग्रेसको सदस्य भएको हिसाबले उनको पक्षमा वकालत र संरक्षण गर्नुपर्ने श्रेष्ठकै कुरा दोहोर्‍याए। ‘तपाईंको परिवारको सदस्यमाथि कुनै अभियोग लाग्यो भने संरक्षण दिनुहुन्छ कि घरबाट निकालेर लखेट्नुहुन्छ?’, उनको प्रश्न थियो।

यस्तै पूर्व उपसभामुखसमेत रहेकी केन्द्रीय सदस्य पुष्पा भुसालले पनि देउवाका कामको प्रशंसा र महामन्त्रीको आलोचना गरिन्।

केन्द्रीय सदस्य तथा सभापति शेरबहादुर देउवा पत्नि आरजु राणाको एक थेसिस स्टेमेन्टले स्पष्ट पार्छ कि देउवा गुटले महामन्त्रीहरुको रुपान्तरणकारी अजेण्डालाई कसरी बुझ्छ भनेर। राणाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेस गरेको प्रतिवेदन एनजीओको ‘विसलिस्ट’ जस्तो रहेको टिप्पणी गरिन्।

‘कांग्रेस भनेको यो देशमा अजेन्डा सेट गर्ने पार्टी हो, नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने अजेन्डा सेटिङ गर्ने पार्टी हो, तर यस पटक महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दूरगामी असर राख्ने त्यस्तो अजेन्डा देखिएन,’ राणाले भनिन्। उनको उक्त अभिव्यक्ति पार्टीभित्र फरक मत र विधिसंवत्‌रुमा चल्नुपर्ने मत राख्ने महामन्त्रीहरु माथिको रोष हो भन्ने देखिन्छ। 

यो प्रतिनिधि अभिव्यक्तिलाई मात्र लिने हो भने थाहा हुन्छ कि कांग्रेस रुपान्तरणको चिन्ताभन्दा पनि आजको दिनमा देउवाको महिमागान गाएर कांग्रेसको छलफल केन्द्रित भयो। 

रुपान्तरण पक्ष भनिएका पनि मझदारमा 
यसअघि देउवा इतरमा रहेका नेताहरु केन्द्रीय समितिको बैठकमा मुखर होलान् भन्ने थियो। तर शेखर कोइराला, प्रदीप पौडेलदेखि बद्रि पाण्डेसम्मले कुरा चपाएर बोले। न आजको दिनका समस्यामा गम्भीर देखिए। न पार्टी रुपान्तरणको पक्षमा स्पष्ट विचार राखे। केन्द्रीय सदस्य अजयबाबु सिवाकाटीबाहेक कसैले पनि स्पष्ट विचार राख्न सकेनन्। हुन त उनी महामन्त्री थापा निकट भएकाले पनि त्यति स्पष्ट भए। 

उनले सभापतिको कार्यशैलीमाथि प्रश्न गरे। उनले खाणको कारबाही गर्नुपर्ने मत राखे। उनी एक मात्र प्रतिनिधि केन्द्रीय सदस्य हुन्। 

लाइभले बोल्नमा डर?
जब देउवाले राणनीतिकरुपमा केन्द्रीय समितिको बैठक लाइभ गर्ने भने, त्यसले धारणा राख्ने केही केन्द्रीय सदस्यहरुले त्यसमा सन्देह प्रकट गरे। स्वयं वरिष्ठ नेता शेखर कोइराला र अन्य केही प्रभावशाली केन्द्रीय सदस्यहरुले असहज महसुस गरे।

तर, केन्द्रीय समितिको बैठकमा आजका दिनका समस्याहरुमा सघन छलफल गर्न लाइभले हिच्किएका नेताहरुको स्पष्ट सन्देश छ कांग्रेस अझै सच्चिन पर्दैन।

कांग्रेसको यो बैठकको साङ्गोपाङ्गो बुझेका इतिहासकार राजेश गौतमले केन्द्रीय समितिको बैठक एक अर्कालाई गाली गर्नमा सिमित रहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको इतिहासमाथि ९ वटा पुस्तक लेखेका गौतमले काठमाडौं पोष्टसँग सोमबार दिएको एक अन्तर्वातामा उक्त टिप्पणी गरेका हुन्। ‘उनीहरुको गतिविधिहरु व्यक्तिगत स्वार्थबाट निर्देशित छ। नेताहरु आफूहरु लोकप्रिय हुने नाममा पार्टीलाई डुबाइरहेका छन्,’ गौतमले भनेका छन्, ‘यो पार्टीले चुकाउनुपर्ने मूल्य हो।’

बैठकको अन्त्यतिर सम्बोधन गर्दै महामन्त्री शर्माले मिडियाको ध्यान खिच्दै बैठकमा पार्टीको जीवनका अलावा अन्य कुरामा घनिभूत छलफल भएको दाबी गरे। ‘मिडियाकर्मी साथीहरुले यदि एक सातादेखिको लाइभलाई पुन: हेर्नुभयो भने, लेख्नलाई छुटेका थुप्रै विषयहरु यहाँ उठेका छन्। आन्तरिक विषयका अलावा निर्वाचन प्रणालीमा छलफल भयो। मधेशको विषय पनि उठ्यो। कर्णालीको विषय पनि उठ्यो। कृषिको, किसानको विषय उठेको छ। लम्पीस्किनको विषय उठेको छ। सामुदयिक विद्यालयदेखि विश्वविद्यालयसम्मका कुरा उठेका छन्,’ शर्माले सूचित गरे।

शर्माले दिएको सुझाव स्वयं छलफलमा सहभागीले सुन्न उत्तिकै जरुर छ कि बोल्दा छाया कति ऐना कति भइयो भनेर।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २१:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्