काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि एक्जिट पोलिसी जरुरी देखिएको बताएका छन्। कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सो प्रस्ताव राखेका हुन्।
‘त्यो पोलिसी समयमै थियो भने आदरणीय सभापति धेरै वर्षअगाडि राजनीतिबाट रिटायर्ड हुनुहुन्थ्यो’, बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा शर्माले भने।
उनले नेपालको राजनीतिलाई रुपान्तरण गर्न के गर्नुपर्छ भनेर केही अगाडि चलेको लहरमा ७० वर्ष नाघेका सबैलाई बिदा गर्नुपर्छ भन्ने विषय उठेको भन्दै त्यतिबेला आफूले एज होइन अजेन्डाको कुरा गरेको बताए।
‘नेपाली कांग्रेसले एज होइन, अजेन्डाकै कुरालाई केन्द्रमा राख्ने हो। तर एक्जिट पोलिसी हामीले बनाउनुपर्छ’, उनले भने।
शर्माले एकपटक राष्ट्रपति, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुने व्यवस्था गरिनुपर्ने बताए।
शर्माले नेता बालकृष्ण खाणको प्रसंग कोट्याउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्किन नमिल्ने र निर्दोष फस्न नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।