• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘चक्र’ : एउटा अनुभूतिको यात्रामा रुमलिँदा...

64x64
समर्पण श्री शुक्रबार, साउन ५, २०८०  ०९:३९
1140x725

तपाईं अँध्यारो खोंचमा हराउनुभएको छ। आफूले सार्ने एक पाइलाभन्दा पर के छ? पत्तो छैन। आफ्नै छेउबाट हिँडिरहेको अपरिचितबारे अञ्जान हुनुहुन्छ। कानमा सङ्गीन ध्वनि ठोकिइरहेको छ। आँखामा त्रासद् अन्धकार फैलिरहेको छ। 

यस्तोबेला तपाईं के गर्नुहुन्छ?

अफ्ठ्यारोमा फसिरहेको मानिस अफ्ठ्यारोसँग सामना गर्न चाहन्छ। सायद तपाईं सामनाको निम्ति तयार रहनुहुन्छ होला।

अँध्यारोले वरिपरी पर्खाल विछ्याइरहेको क्षण पटक–पटक मैले आफैंलाई सोधेँ, ‘अब के गर्ने?’

जोडले चिच्याऊँझैं लाग्यो। वरिपरी जो थिए, उनीहरू पनि त चुपचाप थिए। सोचेँ, ‘यतिबेला मेरो आवाज निरर्थक हुनेछ।’

थकानले चुर भएको थिएँ। थप हिँड्ने सामर्थ्य थिएन। म एकटक उभिएर बसेँ।

भर्खरै मेरो छेवैबाट एकजना अपरिचित गयो। ऊ हातका औंलाहरूले छामछुम गर्दै बाटो पहिल्याउने प्रयत्नमा थियो। उसका हातले अचानक मेरा कुमनिर स्पर्श गर्यो । झट्ट मेरो कुमबाट उसले हात हटायो। अनि ऊ विस्तारै पाइला सार्दै अघि लाग्यो। 

ऊ हिँड्दा पैतालामुनिबाट ‘सर्‍याकसर्‍याक’ आवाज आइरहेको थियो। यसरी थुप्रै पाइतालाहरूले टेकेका आवाजका ध्वनि बढिरहेका थिए। मैले महसुस गरेँ, वरिपरी अरु पनि हिँडिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

 तर म आफूलाई एक्लो अनुभूत गरिरहेको थिएँ। जीवनमा यस्ता अनुभूतिहरू कहीँ–कतै भइरहने गर्छन्। 

जमिनमा के स्पर्श गरिरहेको छु, थाहा छैन।  तर त्यो स्पर्श अद्भूत किसिमको थियो। हिँड्ने सामर्थ्य बटुल्छु, तर हिँड्न सजिलो कहाँ छ र? जतिसुकै तेज गतिको मानिस पनि यो दलदलमा आफ्नो लयमा हिँड्न पाउँदैन। गतिलाई जमिनको गुरुत्वाकार्षणले तानिरहेझैंलाग्छ।

कहाँ हिँडेको हुँ, थाहा छैन। 

कहाँ पुग्दैछु, थाहा छैन।

Xtrem

Xtrem

तर मलाई हिँड्नुछ। कहीँ न कहीँ त पुग्नु छ।

आँखामा उज्यालो छेक्ने चस्मा बाहिरबाटै कसैले लगाइदिएको छ। त्यसपछि डोहोर्याएर अँध्यारो ‘ओडार’मा छोडिदिएझैं लाग्छ। म वरिपरीका थुप्रै मानिसँग ठोकिन्छु। अतालिन्छु। अघिसम्मका आफ्नै साथीहरू अब आपसमा अपरिचित बनिसकेका छन्। अब हामी अर्कै लोकको अञ्जान यात्रामा छौँ।

जब आँखाले केही ठम्याउँदैन, आवाज र स्पर्शलाई बढी अनुभूत गरिने रहेछ। कसैले अगाडि घंचेडीदिएपछि म आवाज र स्पर्शको सहारामा यात्रा गर्न थालेँ। लागेको थियो, ‘खाली मैदानमा छु। जता गए पनि बाटाहरू छन्।’

केही पाइला हिँड्नासाथ बाटोहरू साँघुरिएको महसुस गरेँ। हातले भित्ताहरू छुन पुगे। त्यसपछि अर्को बाटोको खोजीमा। कुनै सुरुङभित्र जबर्जस्ती पसिरहेछुझैं अनुभूत भइरहेको थियो। 

एउटा क्षण, मैले समाइरहेको भित्ताले मलाई हुत्याइदियो। रनभुल्ल परेँ। केहीबेरपछि मलाई हुत्याउने भित्ता पुन: छाम्न तम्सिएँ। तर त्यतिबेला त्यहाँ भित्ता गायव थियो। 

चकित हुँदै म त्यो भित्ता खोज्न थालेँ। केही पाइला अघि बढेँ। भित्ता भेटिनँ। नभेटेपछि फर्कन खोज्दै मात्र थिएँ, म त थुनिइसकेछु। फर्कने बाटोमा पर्खाल उभिइसकेछ।

बाटो खोज्दा खोज्दै पुन: गलेँ। म टुक्रुक्क बस्न खोजेँ। मलाई कसैले कुममा समाउँदै उठायो। मैले बुझें, यहाँ बस्न पनि निषेध छ। निधारको पसिना पुछेँ। त्यसपछि हातले अगाडिको पर्खाल छाम्न खोजें। अघि मलाई अल्झाउने पर्खाल त्यहाँबाट हटिसकेको थियो। केही पाइला घस्रिएपछि नाकले मीठो खुस्बुको स्पर्श गर्यो।

आहा! त्यो खुस्बु कसले छर्कियो, थाहा छैन। तर मलाई त्यो सुगन्धले आह्लादित बनायो। त्यतिनै बेला पहिलो पटक मेरो आँखामा एक चिम्टी उम्यालो पर्यो। केही पाइला पर सूर्याकारको गोलो वस्तु चहकिलो देखिइरहेको थियो। त्यो उज्यालो देख्नासाथ म रोमाञ्चित बनेँ। तर त्यहाँ पुग्न पाइलाहरूलाई कुनै पर्खालले रोकिदिन पनि सक्थ्यो।

त्यतिबेला केहीले पनि रोकेन।

मैले त्यो उज्यालो फैलाइरहने वस्तुलाई स्पर्श गर्न खोजेँ। मभन्दा अघि एउटा हातले त्यो वस्तु सुम्सुम्याइँरहेको देखेँ। अरु औंलाहरू पनि देखिए, जो डराइ डराइ त्यसलाई छोइरहेछन्। जलिरहेको दियोमा पुतली झुम्मिएजसरी उज्यालोनिर मानिसहरू झुम्मिरहेको देखेँ।

म स्पर्श गर्न खोज्दै मात्र के थिएँ, कोही अपरिचितले त्यसलाई छेकिदियो। अब आँखाबाट उज्यालो खोसियो।

त्यतिबेला एउटा कुरा अनुभूत गरेँ, ‘मान्छे नै मान्छेको सपनाको पर्खाल छ, मान्छे नै मान्छेको खुसीको पर्खाल छ।’

अब भने मलाई यो चक्रब्यूहबाट निस्कनुपर्छ भन्ने लाग्न लाथ्यो। तर कसरी?

जताततै पर्खालै पर्खाल, अफ्ठ्यारै अफ्ठ्यारो। सुरुको रोमाञ्चकता यतिबेलासम्म संघर्षमा रुपान्तरण भइसकेको थियो। मलाई कुनै निर्जन ठाउँबाट घर फर्कन प्रयत्न गरिररहेको पात्र चक नोलेन (टम ह्याङ्क्स) को सम्झना आयो।

हलिउड फिल्म ‘कास्ट अवे’मा हवाइजहाज दुर्घटनाबाट बाँचेको एक पात्र ब्यूँझदा एक टापूमा भेटिन्छ। टापूको दूर दूरसम्म कोही हुन्न। त्यहाँबाट कोसौँ परसम्म समुद्र फैलिएको हुन्छ। त्यो निर्जन टापूबाट घर फर्कन उसले ४ वर्षसम्म निरन्तर संघर्ष गर्छ।

नोलेन सम्झनासाथ टक्क रोकिएँ। लामो श्वास लिएँ। आफूभित्र भइरहेको श्वासप्रश्वास अनुभूत गरेँ। पुन: सामर्थ्य बटुलेजस्तो भयो। जोडले जमिनमा पाइताला बजारेँ। अब हिँड्छु भनेर हातले हावामा सुम्सुम्याउँदै थिए, कसैले मेरो पाखुरामा समातेको अनुभव भयो।

मैले पहिरिएको ज्याकेट खोलिदियो। जुन अघि कुनै अपरिचित मान्छेले डोहोर्याएर ल्याउने बेला लगाइदिएको थियो। त्यसपछि उसैगरी डोहोर्याएर केही पाइला पर पुर्यायो। अनि आँखामा लगाइदिएको कालो चस्मा खोलिदियो। 

उडिरहेको धुवाँलाई छिचोल्दै मैले साथीहरू देखेँ। उनीहरू एकापसलाई अनौठो नजरले हेरिरहेका थिए, मानौँ वर्षौंपछि पो भेटिएका छौँ। केहीबेरमा हामी मुस्कुराउँदै कुरा गर्न थाल्यौँ।

०००

गत बुधबार दिउँसो मण्डला थिएटरमा निर्देशक रामहरि ढकालले निर्माण गरेको नाटक ‘चक्र’को घेरोमा १ घण्टा हरायौँ। यो किसिमको नाटकलाई संवेदी रंगमञ्च भनिन्छ। जहाँबाट हामीले जीवन र संघर्षलाई नजिकबाट नियाल्ने प्रयत्न गर्छौँ। यस प्रकियालाई आत्मबोध कला भनिँदो रहेछ।

यो प्रक्रियामा सहभागी भएर फर्कनेबेला हामी मण्डलाको छतमा गए बस्यौँ। छतबाट बाहिरी दुनियाँ नियाल्दा आनन्दानुभूति मिल्यो। आकाश पर परसम्म फैलिएको थियो। चराहरू उन्मुक्त उडान भरिरहेका थिए।

त्यसपछि केही साथीहरूले आफ्नो अनुभव सुनाए। रमाइलो त, कतिपय अनुभूति समान भएछन्।

रामहरिले निर्देशन गरेका संवेदी स्थापना कलासँग म दोस्रो पटक साक्षात्कार भएँ। अघिल्लो वर्ष मण्डलामै मञ्चन गरिएको नाटक ‘भित्र बाहिर-४’को पनि मैले अनुभूति गर्न पाएको थिएँ। त्यतिबेला भने मैले युद्धको त्रासदीलाई महसुस गरेको थिएँ। उनले यो नाटक तयार पार्नुअघि रोल्पाको थवाङ्ग गाउँमा १० दिन बिताएका थिए। द्वन्द्व भोगेकाहरूसँग संवाद गरेका थिए। नर्वेमा द्वन्द्वको प्रभाव परेकाहरूको सुस्केरा सुनेका थिए।

‘चक्र’को बीउ भने गोसाइकुण्डको उकालो चढ्दै गर्दा रामहरिको मस्तिष्कमा रोपिएको रहेछ। ‘कठिनाइको यात्रा दु:ख सहेर पनि मानिसहरू पूरा गर्न हिँड्छन्। गोसाइकुण्ड जाँदा पनि मानिसहरूले त्यतिका असहजता व्यहोरिरहेका छन्। तर सबैको उद्देश्य फरक फरक छ। मैले जीवन र संघर्षलाई गहिरो गरी हेरेँ,’रामहरी भन्छन्।

त्यहाँबाट फर्किएपछि उनले आफ्नै जीवनको उतारचढावलाई फर्किएर हेरे। साथीहरूको संघर्ष नियाले। बालबालिकादेखि वृद्धसम्मको मनोविज्ञान जान्नु थियो। उनले मनोविश्लेषकसँग पनि संवाद गरे।

मानिसलाई मनले जिउन सिकाउनु छ, क्षमतामा जिउन सिकाउनु छ, विवेकले जिउन सिकाउनु छ। त्यसपछि उनले यो नाटक तयार गरे।

नाटकमा बिताएको १ घण्टाले जीवनको उतारचढावलाई महसुस गराउँछ। अँधेरामा ठोकिने निर्जीव पात्रहरूले आफैँसँग संवाद गर्न सिकाउँछन्। मानसिक तनाबबाट गुज्रिरहेको मानिसलाई यो अँध्यारोको यात्राले जीवनको उज्यालोतर्फ डोहोर्याउँछ।

साउन १४ गतेसम्म मण्डलामा रामहरिको ‘चक्र’ले हरेकदिन (सोमबार बाहेक) फन्को मारिरहेको हुन्छ। के तपाईं निराश हुनुहुन्छ? त्यो ‘चक्र’को यात्रामा सहभागी भएर फर्कँनु भयो भने पक्कै सोच्नुहुनेछ, ‘जीवन कठिन मात्र हैन, सुन्दर पनि छ।’

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:३९
  • #चक्र
  • #रामहरि ढकाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्