• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठकः 

झापाली नेताहरु आफूहरूबीचको ‘कुण्ठा’ पोख्न सानेपा आएका छन्

64x64
ईश्वर बराल बिहीबार, साउन ४, २०८०  १९:३९
1140x725

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ। मंगलबार सुरु भएको बैठकमा महामन्त्रीहरुले प्रस्ताव गरेका अजेण्डाहरुमा बुधबारबाट सदस्यहरुले आफ्नो धारणा राख्न थालेका हुन्।

छलफलमा सहभागी अधिकांश सदस्यहरु मूलत: विषयान्तर गरेर बोलिरहेका छन्। अपवादलाई छोड्ने हो भने संस्थापन र सत्ताको पुकारमा केन्द्रीय सदस्यहरु बोलिरहेका छन्।

यसै सन्दर्भमा झापाबाट प्रतिनिधित्व गर्ने नेताहरु भने आफ्नै जिल्लाका पार्टी–राजनीतिका प्रतिस्पर्धीबीचको कुण्ठा पोख्न व्यस्त छन्। मंगलबारको बैठकमा झापा कांग्रेसका पाका नेता तथा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापाका पूर्व सभापति हाल केशी प्रदेश सभापति साथै मुख्यमन्त्री उद्धव थापा र झापालाई नै प्रतिनिधित्व गर्ने महामन्त्री विश्वप्रकाश शर्माको उछितो काटे।

उनले पूर्वमहामन्त्री तथा झापाकै अर्का नेता कृष्ण प्रसाद सिटौलाको भूमिकालाई पनि प्रश्न गरे। उनले मुख्यमन्त्री थापाको सत्तारोहणमै संवैधानिक बाधा रहेको टिप्पणी गरे। पूर्वमन्त्री समेत रहेका बुढाथोकी देउवा पक्षका नेता हुन्।

‘कुन ढंगले चुनेका छौं? खै पूर्वमहामन्त्री सिटौला जी त यहाँ देख्दिनँ। संविधान बनाउन त उहाँ नै हाम्रो अगुवा हुनुहुन्थ्यो। आज प्रदेशमा सभामुखले उत्रिएर गोल हान्न पाउँछ? सभामुखले सही गरेर बहुमत पुर्‍याउन  मिल्छ?,’ उनले प्रश्न गरे।

उनी त्यतिमै रोकिएनन् थापालाई मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने प्रश्न पनि गरे। र पार्टी नेतृत्व टुलुटुलु हेरेर बसेको भन्दै नेतृत्वलाई पनि प्रश्न गरे। ‘आज यो तमासा हामी कांग्रेसले टुलुटुलु हेर्नुपर्ने? खै छलफलमा आएको? के हामीले चिफ मिनिस्टर मान्नुपर्ने कि यो गलत छ भन्नुपर्ने कि यो संविधान अनुसार ठीक छैन भन्नुपर्ने? के छ तपाईंहरुको धारणा?,’ पार्टी नेतृत्वलाई प्रश्न गर्दै बुढाथोकीलाई सोधे, ‘हामीले चिफ मिनिष्टर मान्नुपर्ने हो कि नमान्नु पर्ने हो?’

बुढाथोकीको प्रश्नको जवाफ दिन बिहीबार थापा आए। बुढाथोकीलाई लक्षित गर्दै थापाले आफूलाई नमानेर एमालेका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्न तितो जवाफ फर्काएका छन्।

‘जो उहाँले प्रश्न गर्नुभएको छ। तपाईंले हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ। नेपाली कांग्रेसको गठबन्धनको मुख्यमन्त्री उद्धव थापालाई तपाईंले मुख्यमन्त्री नमाने हुन्छ। त्यो तपाईंको विचारको कुरो हो,’ थापाले भने। थापाले सभामुखको भूमिकाको पनि व्याख्या गर्न भ्याए।

Ncell 2
Ncell 2
nimb
nimb

सरकार निर्माण गर्नका लागि सभामुखको निर्णायक हस्ताक्षरले थापा मुख्यमन्त्री बनेपछि उक्त विषयले अदालतमा प्रवेश पाएको छ। यता, थापाले भने कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने बेलामा सभामुखको भूमिकाको बचाउ गरेका हुन्। 

‘सभामुखको विषयलाई विवादमा पार्ने काम भएको छ यहाँबाट। सभामुख मात्र होइन नि। सभामुख भनेको एउटा प्रदेश सदस्य पनि हो।  सभामुखको आफ्नो भूमिका हुन्छ। एउटा सदस्यको नाताले सरकारलाई डेटलक हुन बाट रोक्नुभयो,’ मुख्यमन्त्री थापाले भने।

बुढाथोकीले थापा नेतृत्वले कमजोरी गरेकाले कार्यकर्ता गाउँ जानसक्ने स्थिति नरहेको आक्षेप लगाए। प्रदेशको नामकरणको विषयमा प्रदेश नेतृत्व कमजोर सावित भएको र केन्द्रले पनि स्पष्टता नपारेको टिप्पणी गरे। ‘एक नम्बर प्रदेशमा ठूलो विवाद छ। हाम्रो उपस्थिति छैन १ नम्बर प्रदेशमा। हाम्रो उपस्थिति भए यो विषयमा बोल्थ्यो पार्टी,’ उनले प्रश्न गरे।

बुढाथोकीको यसको उत्तर थापाले बिहीबार दिइनै हाले। ‘यही संगठनभित्र हाम्रो पार्टीको नेतृत्वमा सरकार नबनोस् र बनेको सरकारलाई पनि प्रश्न गर्ने? कोशीमा कांग्रेसको सरकार बन्दै गर्दा सिङ्गो कांग्रेसमा उर्जा आएको छ। एउटा शक्ति निर्माण भएको छ। आज यो शक्तिलाई खुम्च्याउने काम हुँदा खेरि कांग्रेसको मन रोएको छ,’ थापाले भने।

बुढाथोकीले जे–जे सवाल गरे थापाले प्रत्यूत्तर मात्र फर्काए। न पार्टीको अजेण्डामा रहेर छलफलमा सहभागिता जनाए न केही नवीन विचार अघि सारे। बुढाथोकीले संकेत गरेको मतभदेलाई थापाले छताछुल्ल पारिदिए। उनले बुढाथोकीले निर्वाचनमा सहयोग नगरेको, अष्ट्रेलिया गएर बसेका, आफ्ना उम्मेदवार हराउन भूमिका खेलेको र अवसर लिन मात्र आउने गरेको गम्भीर आरोप लगाए।

‘मंसिर ४ गतेको निर्वाचनमा झापा क्षेत्र २ का उम्मेदवार हराउने काम र नेपाली कांग्रेस झापाका सभापति हराउने काम उहाँले गर्नु भएको छ। चुनावको मुखमा भागेर उहाँ अष्ट्रेलिया बस्नुभयो। चुनाव सकिएसी उहाँ नेपाल फर्किनुभयो,’ थापाले पार्टी पदाधिकारीलाई पोल सुनाउँदै भने, ‘गठबन्धनका उम्मेदवारलाई भोट नदेउ, झापाका सभापति देउमान थेवेलाई भोट नदेउ भनेको कांग्रेसका कार्यकर्तासँग अहिले पनि रेकर्ड छ।’

झापा २ बाट गठबन्धन उम्मेदवार माओवादीका हरि राना थिए। उनी एमाले उम्मेदवार वर्तमान सभामुख देवराज घिमिरेसँग पराजित भए। सभापति थेवे भने झापा ४ बाट उम्मेदवार थिए। उनी पनि एमाले उम्मेदवार लालप्रसाद साँवासँग पराजित भए।

थापाले बुढाथोकीलाई कारबाही गर्न पनि माग गरे।

उता हिजो बोल्ने क्रममा बुढाथोकीले महामन्त्री शर्मालाई  ‘ननसेन्स’ भन्दै जंगिए। उनको जंगाइ उही झापाका जिल्ला किमिटीको निर्णयलाई लिएर थियो। झापा सभापतिले विधान मिचेर एक सय सदस्यको जिल्ला कमिटी बनाउँदा पनि महामन्त्री टुलुटुलु हेरेर बसेको भन्दै ननसेन्स भनेका हुन्। 

‘तपाईं महामन्त्री हाम्रो जिल्लाको नेता टुलुटुलु के हेरेर बसेको? विधानले दिन्छ? अनि चुप्प लागेर बस्ने? तरिका हो संगठन बनाउने? मिल्छ? सय जनाको कमिटी जिल्लाले बनाउँदा, शेरबहादुर जीले ४ सय जनाको बनाए भयो। संविधान, विधान मिचिर बोल्दा पनि तपाईंहरु नबोल्ने। तपाईंहरु को हो? ननसेन्स,’ बुढाथोकीले भने।

महामन्त्री शर्मा भने मुसुमुसु हाँसेर बसे।
झापाबाट बोल्ने अन्य केन्द्रीय सदस्य तथा पदाधिकारी, पूर्वपदाधिकारी यिनै बुढाथोकी र थापाको जुहारीमा थपिएलान् वा अजेण्डामा जालान् थाहा लागि हाल्छ। तर यी दुईको अभिव्यक्ति र जिल्लाको राजनीतिलाई हेर्ने हो भने झापाका कांग्रेसीहरुबीचको राजनीतिक कुण्ठा सानेपामा पोखिएको भन्ने कुरा सहजै बुझ्न सकिन्छ।

के हो त झापाली कांग्रेसीहरुको कुण्ठा?
कांग्रेस झापामा विभिन्न गुट छन्। एउटा पार्टी सभापति शेरबहादुर देउवा पक्ष जो बुढाथोकीलगायत केही केन्द्रीय सदस्य छन्। अर्को पूर्वमहामन्त्री कृष्ण सिटौला गुट। जुन गुटमा हाल कोशी सभापति थापा, जिल्ला सभापति थेवे लगायत छन्। र अर्को वर्तमान महामन्त्री शर्मा गुट।

यी सबै एक अर्कालाई हराउन, पछि पार्न दत्तचित्त हुन्छन्। जसको असर पछिल्ला निर्वाचनहरुमा देखिएकै छन्। २०७४ को निर्वाचनमा शर्मा र सिटौलाको कोराकोरले दुवै पराजित भएका थिए। र अधिकांश क्षेत्रमा नतिजा शून्य नै थियो।

पछिल्लो निर्वाचनमा यी नेताहरुबीच एक समझदारी भएको हल्ला थियो। हराउन नलाग्ने, जितको शुभकामना बाँड्ने। तर शर्माले जिते सिटौला पक्षका थापा बाहेककाले हारे।

त्यो हारको खेलमा बुढाथोकी र शर्माहरु रहेको सिटौला समूहको बुझाइ छ। जो नेताहरु भन्छन् नै जसरी आज थापाले भने। बुढाथोकी र थापाहरु पछिल्लो जिल्ला अधिवेशनसम्म एकै थिए शर्माके विरूद्धमा। तर प्रतिनिधि सभा निर्वाचनमा टिकट पाउने स्थिति नदेखेपछि बुढाथोकी सिटौला समूहप्रति आक्रामक बनेको जिल्लाकै नेताहरु भन्ने गर्छन्।

थेवेलाई सभापति बनाउने भूमिकामा सक्रिय बुढाथोकी निर्वाचनमा टिकटको प्रत्यक्षी रहे पनि हात नलाग्ने भएपछि असहयोग गर्ने हेतुले अष्ट्रेलियाकै सयरमा लागेको अन्य पक्षको आरोप छ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्