नयाँ दिल्ली– बलिउडमा अभिनेता बन्ने सपना लिएर धेरै पुग्छन्। पहिलो फिल्मबाटै नाम कमाउने र धेरै फिल्मको अफर पाएका कलाकारले पछि उद्योगबाट गुमनाम हुनुपरेको छ।
सन् १९९१ मा आएको ‘फूल और काँते’ मा रकी अर्थात् आरिफ खानबारे तपाईंलाई थाहा छ? आरिफ खानले अजय देवगनको डेब्यू फिल्म ‘फूल और काँते’ बाट डेब्यु गरेका थिए।
फिल्ममा उनले खलनायक रकीको भूमिका निर्वाह गरेका थिए। उनी अहिले फिल्मबाट टाढा छन् र फरक जीवन बिताइरहेका छन्।
फिल्मी दुनियाँमा राम्रो छाप छोडेपछि आरिफ एकाएक फिल्म इन्डस्ट्रीबाट गायब भए। सबैलाई चासो थियो, ‘आरिफ अहिले कहाँ छन्?’
२ वर्षअघि कोरोना महामारीका बेला एक मौलाना साहिबको भिडियो सामाजिक सञ्जालमा निकै छिटो भाइरल भएको थियो। मौलाना वास्तवमा अभिनेता आरिफ खान हुन् भन्ने थाहा पाएपटि मानिसहरू छक्क परे। लामो दाह्री, सेतो कुर्ता र सेतो टोपीमा आरिफ खानलाई देखेर सबै छक्क परे।
तब मात्र थाहा भयो कि अभिनयको संसारलाई विदा गरेपछि आरिफ खान अध्यात्मको बाटोमा हिँडेका छन्।
अरिफले अभिनयमा करियर बनाउने सपना पूरा गर्न पाउँदा निकै खुसी लागेको बताए। तर, विस्तारै उनी सिनेमा छोडेर धर्मको बाटोमा लाग्दा आमा र भाइले साथ दिएका थिए। आरिफका बुबा छोराको फिल्मी संसारमा खुसी थिए तर आमालाई ग्ल्यामर दुनियाँ मन परेको थिएन।
विवाहपछि आरिफकी श्रीमतीको पनि धर्मप्रति झुकाव बढ्यो। यसपछि आरिफले अभिनयको दुनियाँमा होइन, धर्मको बाटोमा शान्ति हुन्छ भन्ने महसुस गरे।
फिल्मी दुनियाँबाट टाढिएपछि आरिफ व्यवसायतिर लागे। अहिले उनी मुम्बईको जुस सेन्टरका मालिक हुन्। यसबाहेक उनको पुणेमा कपडाको शोरुम पनि थियो जुन उनले बन्द गरिसकेका छन्। मुम्बईको जुस सेन्टर बाहेक, आरिफले बैंगलोरमा कफी पसल पनि चलाउँछन्।
सन् १९९१ मा आएको सुपरहिट फिल्म ‘फूल और काँते’ मा अजय देवगन, मधु र आरिफ खान महत्वपूर्ण भूमिकामा देखिएका थिए। यो फिल्ममा भिलेनको भूमिका निभाएपछि उनलाई रकीको नामले चिनिन्छ। उनलाई धेरै फिल्मको अफर पनि आउन थालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।