कञ्चनपुर- एक कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कर्फ्यु बिहीबारदेखि पूर्णरुपमा हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्त नगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कर्फ्यु हटाउने निर्णय गरेको हो।
गत शुक्रबारदेखि दिउँसो र राति गरी कर्फ्यु लाग्दै आएको थियो। जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्युलाई खुकुलो पार्दै आएको थियो।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनजीवन सामान्य बन्दै गएकाले कर्फ्यु पूर्णरुपमा हटाइएको जानकारी दिए। तेह्र वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।