काठमाडौं– दुवै मिर्गाैला फेल भई उपचाररत काभ्रेका युवा गोपीलाल जोशीलाई अमेरिका र कोरियामा रहेका नेपालीहरुले सहयोग गरेका छन्। अमेरिकाबाट एक लाख ४० हजार तथा दक्षिण कोरियाबाट १ लाख १५ हजार ५ सय ८२ रुपैयाँ सहयोग संलकन गरी उनलाई हस्तान्तरण गरिएको हो।
अमेरिकाबाट चन्द्रलाल जोशी तथा दक्षिण कोरियामा विनोद पौडेलको नेतृत्वमा सहयोग संकलन गरिएको हो।
अमेरिकाबाट प्राप्त सहयोग गत महिना उनलाई हस्तान्तरण गरिएको थियो भने दक्षिण कोरियाबाट प्राप्त सहयोग बिहीबार यादब पौडेलले जोशीलाई हस्तान्तरण गरेका छन्।
काभ्रे नमोबुद्ध– ५ कानपुर स्थायी घर भएका जोशी मानवअंग प्रत्यारोपन केन्द्रमा डायलसिस गर्दै आएका आएका छन्। उनको मिर्गाैला प्रत्यारोपनका लागि समेत प्रयास हुँदै आएको छ।
कमजोर आर्थिक अवस्था भएका जिविकोपार्जनकै लागि समेत समस्या भएकाले उपचार संकलन अभियान सुरु गरिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।