खोटाङ- विभिन्न मुद्दामा अदालतद्वारा कैद तथा जरिवाना तोकिएका तीन जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको छ।
जिल्ला अदालत भोजपुरद्वारा २०७१ जेठ २२ गते ज्यानमार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सुनाईएका प्रतिवादी दाबा भनिने दाबानिमा शेर्पा पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ का शेर्पालाई घरबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
यसैगरी, हाडनाता करणी मुद्दाका फरार प्रतिवादी दिक्तेल रुपाकोट मझुवागढी १३ का १८ वर्षीय रामु भनिने सांगे शेर्पालाइ बुधबार प्रहरीले पक्राउ गरेको हो। अदालतले शेर्पालाई ५ बर्ष कैदको आदेश गरेको छ।
यस्तै सवारी ज्यान मुद्दाका हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मंगलटारका १९ वर्षीय देविन्द्र बस्नेतलाई बिहिबार पक्राउ गरिएको छ। बस्नेतलाई १ महिना कैद र जरिवानाको आदेश भएको छ।
पक्राउ परेका तीनै जनालाई अदालतको फैसला कार्यान्वयनका खोटाङ कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्चार्ज डिएसपी राजकुमार केशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।