काठमाडौं- सबै प्रकारका भ्रष्टाचार र अनियमितता निर्मूल गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको राष्ट्रिय सदाचार नीति तयार नहुँदै सरकारले मस्यौदा परिमार्जन गर्ने भएको छ।
गत ५ भदौमा बसेको सचिवस्तरीय बैठकले सदाचार नीतिको मस्यौदा पुनःपरिमार्जन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत वैशाखमै उक्त नीतिको मस्यौदा तयार गरेको थियो। तर, लामो समय बितिसक्दा पनि उक्त नीतिले पूर्णता पाउन सकेको छैन।
सदाचार नीतिको मस्यौदामा धर्म परिर्वतनदेखि सरकारलाई जानकारी नदिई विदेश पठाउने अन्तर्राष्ट्रिय गैरसकारी संस्थाको दर्ता खारेजी गर्नेसम्मको व्यवस्था समेटिएको छ।
उक्त नीतिको मस्यौदामा सरकारी, गैरसरकारी, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारलाई जानकारी नगराई कुनै पनि प्रतिवेदन अन्य स्थानमा पठाउन रोक लगाउने, राष्ट्रिय हित विपरीतको गतिविधि गरेको पाइएमा पुनः नेपाल आउन नपाउने लगायतका व्यवस्था गरिएको छ।
सदाचार नीतिमार्फत् सरकारले कडाइ गर्न लागेको भन्दै यस सम्बन्धमा सार्वजनिक टीप्पणी हुन थालेपछि सरकारले परिमार्जनको तयारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।