• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आर्थिक वर्ष २०८०/०८१ सुरु, वस्तु तथा सेवामा नयाँ कर कार्यान्वयन

64x64
नेपाल लाइभ सोमबार, साउन १, २०८०  ०८:४५
1140x725

काठमाडौं– आज सोमबार, साउन १ गते। आजबाट नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरू भएको छ। सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटसम्बन्धी ३ वटै विधेयक  (विनियोजन विधेयक, २०८०,  आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८०) राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार नै प्रमाणीकरण भइसकेका छन्। 

आर्थिक विधेयकले वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेफेर गरेको छ। भन्सार, अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो। भ्याट र अन्तशुल्कमा दिँइदै आएको अधिकांश छुट कटौती गरिएको छ। भ्याटका १७० र अन्तशुल्कका ३४० छुटका दरहरू खारेज गरिएका छन्।

आयकरतर्फ वार्षिक ५० लाख रूपैयाँभन्दा बढीको आयमा लाग्ने आयकर बढाइएको छ। पाँचतारे क्षमताभन्दा माथिका होटल, विदेशी मदिरा र १० लाखभन्दा माथिको गरगहनामा विलासिता कर लगाइएको छ। विदेश पढ्न जाने विद्यार्थीले सटही सुविधा लिँदा तीन प्रतिशत सेवा शुल्क तिर्ने र वैदेशिक रोजगारीमा जानेले एक प्रतिशत सेवाशुल्क तिर्ने व्यवस्था ल्याइएको छ।  

अन्तशुल्कतर्फ 
सरकारले अन्तशुल्कतर्फ मदिरा, पत्रू खाना (जङ्कफुड)देखि विद्युतीय सवारी साधनसम्ममा करका दर हेरफेर गरेको छ। आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तशुल्क प्रतिक्विन्टर ९६ बाट बढाएर प्रतिक्विन्टर रू एक सय पाँच बनाइएको छ। सख्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तशुल्क पनि प्रतिक्विन्टर रू १०५ पुर्‍याइएको छ।  

अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो रू १७ अन्तशुल्क लाग्ने गरेकामा बढाएर प्रतिकिलो रू २० पुर्‍याइएको छ। कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रू १७ अन्तशुल्क रहेकामा त्यसलाई बढाएर प्रतिकिलो रू २० पुर्‍याइएको छ। आलु चिप्स प्रतिकिलो रू १७ अन्तशुल्क लाग्ने गरेकामा रू एक बढाएर रू १८ पुर्‍याइएको छ।

सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रू ११ बाट बढाएर रू १३ पुर्‍याइएको छ।

सुर्तीरहित पान मसला प्रतिकिलो ८२१ बाट बढाएर ८५० पुर्‍याइएको छ। त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुटखा) को अन्तशुल्क प्रतिकिलो ३५० बाट बढाएर ३६५ रूपैयाँ पुर्‍याइएको छ। अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५ र जौबाट बनेको वियर प्रतिलिटर २२८ बाट बढाएर २३५ पुर्‍याइएको छ।

एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर ८६ बाट बढाएर प्रतिलिटर ९०  रूपैयाँ पुर्‍याइएको छ। ८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर ३० रूपैयाँ अन्तशुल्क लाग्ने गरेकामा रू ३५ पुर्‍याइएको छ। वाइन र ब्रान्डीको कच्चा पदार्थका रूपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरूको अन्तशुल्क प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्‍याइएको छ। १५ यु.पी शक्तिको (४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार सात सय ५० बाट रू एक हजार आठ सय पुर्‍याइएको छ। 

Ncell 2
Ncell 2

त्यस्तै, ३० युपी शक्ति (३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार दुई सय १५ बराबर अन्तशुल्क लाग्ने गरेको थियो। त्यसलाई बढाएर प्रतिलिटर रू ३५ बढाएर रू एक हजार दुई सय ५० पुर्‍याइएकोछ। ह्विस्कीको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर प्रतिलिटर रू दुई सय ३५ पुर्‍याइएको छ। 

त्यस्तै, रम र अन्य स्प्रिटहरूको कच्चा पदार्थका रूपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पुर्‍याइएको छ। १५ युपी शक्तिको ह्विस्की (४८ दशमलव पाँच प्रतिशत) अल्कोहल मात्रा भएकोलाई प्रतिलिटर रू एक हजार सात सय ५० बराबर अन्तशुल्क लाग्ने गरेकामा बढाएर रू एक हजार आठ सय पुर्‍याइएको छ। त्यस्तै, २५ युपी शक्ति (४२ दशमलव ८ प्रतिशत अल्कोहल) भएको ह्विस्कीमा प्रतिलिटर एक हजार तीन सय ६ बराबर अन्तशुल्क लाग्ने गरेको त्यसलाई बढाएर रू एक हजार तीन सय ४५ पुर्‍याइएको छ। ३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर रू एक हजार दुई सय १५ अन्तशुल्क लाग्ने गरेकामा बढाएर रू एक हजार दुई सय ५० पुर्‍याइएको छ।

जिन र जेनेभाको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तशुल्क लाग्ने गरेकामा बढाएर प्रतिलिटर रू दुई सय ३५ पुर्‍याइएको छ। ४८ दशमलव पाँच प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर एक हजार सात सय ५० बराबर अन्तशुल्क लाग्ने गरेकामा प्रतिलिटर रू ५० बढाएर रू एक हजार आठ सय पुर्‍याइएको छ।

त्यस्तै, ४२ दशमलव ८ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार तीन सय छ बाट बढाएर रू एक हजार तीन सय ४५ पुर्‍याइएको छ। ३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार दुई सय १५ बाट बढेर रू एक हजार दुई सय ५० पुर्‍याइएको छ।  

फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम रू सात सय १० अन्तशुल्क रहेकामा त्यसलाई रू सात सय ३० पुर्‍याइएको छ। ७० मिमीसम्मको लम्बाइ भएको चुरोटमा एम एक हजार छ सय २५ बाट बढाएर रू एक हजार छ सय ९० पुर्‍याइएको छ। ७० देखि ७५ मिमीसम्म लम्बाइ भएकामा प्रति एम रू दुई हजार तीन सय, ७५ देखि ८५ मिमीसम्मकामा प्रतिएम रू दुई हजार नौ सय ७० अन्तशुल्क तोकिएको छ।

 जर्दा, खैनी, नस, गुटखा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो रू आठ सय २१ अन्तशुल्क लाग्ने गरेकामा त्यो बढेर प्रतिकिलो रू आठ सय ५० पुर्‍याइएको छ। मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा पाँच प्रतिशत अन्तशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ।

विद्युतीय सवारी साधनको अन्तशुल्कमा पनि सरकारले हेरफेर गरेको छ। ‘स्पार्क इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन’ र धक्का दिन विद्युतीय मोटर दुवै भएको, विद्युत् शक्तिको बाह्य स्रोतमा प्लग जोडेर चार्ज हुन सक्ने किसिमका बाहेक अनएसेन्बल अवस्थाका सवारीको अन्तशुल्क ४५ प्रतिशतबाट ६० पुर्‍याइएको छ। मोटरको पिक पावर ५० किलोवाटभन्दा बढी तर एक सय किलोवाट ननाघेको कार, जिप र भ्यानको अन्तशुल्क ३० बाट घटाएर १० प्रतिशत पुर्‍याइएको छ।

त्यस्तै, मोटर पिकपावर सय किलोवाटभन्दा बढी तर दुई सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय कार, जिप र भ्यानको ४५ बाट घटाएर २० प्रतिशत बनाइएको छ। मोटरको पिक पावर तीन सय किलोवाटभन्दा माथिको कार, जिप र भ्यानको ६० प्रतिशत रहेकामा यथावत् राखिएको छ।

मोटरसाइकलहरू (मोपेडसहित) र साइड काररहित वा सहित साइकलमा सहायक मोटर जडान गरिएका साइड कारहरूमा दुई सयदेखि दुई सय ५० सिसी क्षमतासम्मका लागि ८० प्रतिशत अन्तशुल्क लाग्ने गरेकामा घटाएर ६० प्रतिशत बनाइएको छ। दुई सय ५० सिसीभन्दा बढी र चार सय सिसीसम्मको मोटरसाइकल तथा स्कुटरमा सडक निर्माण दस्तुर पनि घटाइएको छ। यस्तो मोटरसाइकलमा प्रतिगोटा रू ५० हजार सडक निर्माण दस्तुर लाग्ने गरेकामा रू २० हजारमा झारिएको छ।

आयकरतर्फ
विसं २०८५ चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको ४० मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ती आयोजनासँग तादम्यता राखी सञ्चालन गरिने तल्लो तटीय जलविद्युत् आयोजनाको हकमा पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको छ वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने व्यवस्था आर्थिक विधेयकमा राखिएको छ।

बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङलगायतका सूचना प्रविधिमा आधारित सेवा निर्यात गरी सोवापत विदेशी मुद्रा आर्जन गरेमा त्यस्तो व्यक्तिलाई आर्थिक वर्ष २०८४/८५ सम्म विदेशी मुद्रा आर्जन गरेको आयको हदसम्म लाग्ने करमा ५० प्रतिशत छुट दिने व्यवस्था राखिएको छ।

यसअघि वार्षिक रू २० लाखभन्दा माथिको आयमा ३६ प्रतिशत आयकर लाग्ने व्यवस्था थियो। यसवर्षको आर्थिक विधेयकमार्फत सरकारले ५० लाखभन्दा माथिको वार्षिक आयमा थप तीन प्रतिशत आयकर लाग्ने व्यवस्था ल्याएको छ।

भन्सार करतर्फ
ठोस रूपमा उखु र चुकन्दरबाट बनाइएको चिनी, सख्खर, गुँड, भेल, खाँडसारी चिनी, मिश्री, सुगर क्युबको भन्सार ३० प्रतिशतमा झारिएको छ। यी वस्तुमा १० प्रतिशत विन्दुले भन्सार कर घटाइएको हो। जाइफल, जाइपत्री, अलैँची, सुकुमेलमा १० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई बढाएर २० प्रतिशत बनाइएको छ। साबुदानामा यसअघि पाँच प्रतिशत भन्सार लाग्ने गरेकामा बढाएर १० प्रतिशत बनाइएको छ।

लिक्विट प्याराफिन आयलमा लाग्ने भन्सार तीस प्रतिशतबाट २० प्रतिशत झारिएको छ। पत्रू फलाममा १४ मिमीभन्दा कम नापको ब्यास भएको वृत्ताकार तिर्यकच्छेद (क्रस सेक्सन) को ८ मिमी ननाघेको भन्सार १० प्रतिशत रहेकामा घटाएर पाँच प्रतिशत बनाइएको छ।

बिलासिता शुल्क कर
सरकारले पाँचतारे माथिका ठूला होटल, आयातीत मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ। पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातीत मदिरा, रू दश लाखभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुनलगायत बहुमूल्य धातुका गहनामा दुई प्रतिशत विलासिता कर लगाइएको हो।  

पाँचतारे र सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत नै विलासिता कर लगाउनेछन्। त्यस्तै, आयातीत मदिरामा पैठारी हुने भन्सार विन्दुमा पैठारीका बखत विलासिता कर लाग्नेछ। रू १० लाखभन्दा माथिका पत्थर जडित धातुका गहना बिक्री गर्दा बिक्रेताले बिक्रीका बखत यस्तो कर लगाउनेछन्। 

विलासिता करबापत सङ्कलन गरेको रकम हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरणसहितको जानकारी सम्बन्धित राजस्व कार्यालयलाई पठाउनुपर्नेछ। कुनै व्यक्तिले विलासिता शुल्कबापतको रकम दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा राखिएको छ।

त्यस्तै, विलासिता करसम्बन्धी विवरण पेस नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेस गर्नुपर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्म वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम शुल्क लाग्नेछ। विलासिता शुल्कबापतको रकम असुल नगरेमा सो रकमको २५ प्रतिशत शुल्क लाग्ने आर्थिक विधेयकमा उल्लेख छ।

विदेशबाट ल्याइएका मोबाइल फोनमा कर
नयाँ व्यवस्थाअनुसार विदेशबाट ल्याइएका आइफोन र एक लाखभन्दा माथिका मोबाइल फोनमा रू १० हजार कर लाग्ने भएको छ। अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ। २०८० साल जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमइआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ।

‘आइफोन र १ लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट रू १० हजार, अन्य स्मार्टफोनका लागि रू तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोनसेट रू दुई सय कर लाग्नेछ,’ आर्थिक विधेयक २०८० मा भनिएको छ। तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुनेछ।

वैदेशिक रोजगारीमा जानेलाई १ प्रतिशत सेवा शुल्क
सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई एक प्रतिशत सेवा शुल्क लगाएको छ। “वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ”, आर्थिक विधेयकमा भनिएको छ।

त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ। यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइ सक्नुपर्नेछ। यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ।

सटही सुविधामा कर बढ्यो
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ। विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कबापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही सटही रकममा लाग्ने शिक्षा सेवा शुल्क तीन प्रतिशत पुर्‍याइएको छ। यसअघि दुई प्रतिशत रहेकामा एक प्रतिशत विन्दुले बढाएर तीन प्रतिशत पुर्‍याइएको हो।

निर्यातमा छुट
मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न भन्दै सरकारले केही वस्तुको आयातमा लाग्ने महसुल वृद्धि गरेको छ भने निर्यातमा लाग्ने भन्सारमा छुट दिएको छ।

स्वदेशी उद्योगको उत्पादन प्रवर्द्धन  गर्न २०८० साउन १ गतेपछि सम्झौता हुने आयोजनाका लागि आवश्यक पर्ने सिमेन्ट, फलामे डन्डी, फलामे पाइप तथा प्लास्टिकका पाइप, जस्तापाता, विद्युतीय केवल जस्ता स्वदेशमा पर्याप्त उपलब्ध हुने वस्तुको पैठारीमा लाग्ने महसुल छुट दिने गरी सम्झौता नगरिने पनि सरकारले बजेटमार्फत घोषणा गरेको छ।

स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तशुल्क छुट दिएर बिक्री गर्न सक्नेछन्। लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धनका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पैठारी गर्ने घरायसी प्रयोजन हुने बाहेकका मिल र मेशिनरीमा एक प्रतिशत भन्सार महसुल लगाइएको छ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल
न्युजिल्यान्डद्वारा इरानस्थित दूतावास बन्द
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन शुक्रबार, माघ २, २०८२
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल शुक्रबार, माघ २, २०८२
न्युजिल्यान्डद्वारा इरानस्थित दूतावास बन्द शुक्रबार, माघ २, २०८२
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ शुक्रबार, माघ २, २०८२
आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्