काठमाडाैं– महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाब्य‘मुनामदन’ बुधबारदेखि शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। आदर्श साहित्य मञ्च विराटनगरले मञ्चन गरेको उक्त नाटकमा विराटनगरका कलाकारहरूले भूमिका निर्वाह छन्।
मोफसलमा पनि सशक्त कलाकार भएकाले उनीहरूलाई अवसर दिने उदेश्यले ‘मुनामदन’ नाटकलाई मञ्चन गरिएको निर्देशक सविन कट्टेलले बताए। नाटकमा मदनको भूमिकामा निर्देशक कट्टेल तथा मुनाको भूमिकामा दीपा पोखरेल छन्।
त्यसैगरी मदनकी आमाको भूमिकामा सुष्मा निरौला, दिदीको भूमिकामा पवित्रा खड्का, ठूलेको भूमिकामा लकेश राई र गगनेको भूमिकामा एन्जन पौडेल छन्। त्यस्तै सरिता ढुङ्गाना, सञ्जीव राई, जिना राई लगायतका कलाकारको भूमिका रहेको छ।
नाटक शनिबार १ बजे र अन्य दिनमा भने ५ः३० बजेबाट मञ्चन हुने निर्देशक कट्टेलले जानकारी दिए। उनका अनुसार नाटक भदौ २६ गतेसम्म मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।