• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पुष्पाको शव अझै अस्पतालमा, बुवा भन्छन्– उनी सुस्त मनस्थितिकी थिइनन्

64x64
नेपाल लाइभ बिहीबार, भदौ १४, २०७५  ०९:५३
1140x725

पोखरा– विद्यालयमा छुट्टीको घन्टी बज्यो। पाँच वर्षीया दिया केसीले ६ मा पढ्ने दिदी पुष्पा केसीलाई पर्खिइन्। छुट्टी भएपछि पुष्पा आइन्।  दिदीको हात समाएर दिया बस चढिन्। बसले आफ्नै गति पक्रियो। आ–आफ्नो घर आइपुगेपछि बसबाट विद्यार्थी उत्रन थाले। 

१३ वर्षीय पुष्पा केसी सँधै ओर्लने स्थानमा ओर्लिइनन् । अर्कै स्थानमा झरिन्। दियालाई भनिन्, ‘म टमाटर किनेर ल्याउँछु। त घर जा।’ विद्यालयको बसका सहचालकले बस रोके। पुष्पा घर पुग्नुभन्दा २ सय मिटर अथाडि नै ओर्लिइन् । र, सरासर घर जाने बाटोभन्दा फरक दिशामा बजारतर्फ लागिन्। 

बहिनी दियालाई अरु कुरा थाहा भएन। तर दिदी कहिल्यै नफर्किने बाटोमा लागिन्। तर दियालाई त्यही दिनको सम्झना आइरहन्छ। त्यो दिन सम्झिँदै भन्छिन्, ‘टमाटर लिन जान्छु भनेर तल बाँसघारी भएको बाटोतिर जानु भो’। ‘दिदी किन गइन्?’ उनीसँग भएको प्रश्न भने पनि उत्तर पनि यति मात्रै हो। 

पुष्पाकी बहिनी दिया केसी


बुधबार पत्रकारहरूको टोली पुष्पा केसीको घर पुग्दा घरभरी सन्नाटा छाएको थियो। सबैको अनुहारले पुष्पा केसीलाई नै खोजी गरेको कुराका बुझ्न कुनै गाह्राे थिएन। घरको काम भर्खरै सघाउन थालेकी थिइन् पुष्पाले। 

छोराछोरीको वियोग मातापिताका लागि सर्वाधिक असह्य पीडा हो। ठूली भइसकेकी छोरीको वियोगमा परिवार तथा छरछिमेकमा दुःखको हुण्डरी मात्र चलेको महसुस गर्न गाह्रो थिएन। 

बिहान विद्यालय गएकी छोरी कहिल्यै फर्किइनन्। आधा बाटोबाटै हराइन् पुष्पा। परिवारदेखि प्रहरी प्रशासनसम्मले पुष्पा केसीको खोजी गर्न थाल्यो। सबैलाई लागेको थियो ‘पुष्पा सकुशल फेला पर्छिन्’। तर विडम्बना। आर्तहरूलाई समेत सयमले कहिलेकाही साथ दिँदैन। सबैको आशा, अपेक्षा र सोचाई उल्टो परिदियो। भोलिपल्ट छोरीको शवमात्रै फेला पर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

छोरीको मृत्युले यसै त पीडाको सीमाना छैन। यसैमाथि पीडा थपिदिएको छ सञ्चारमाध्यममा आएका समाचारले। छोरीको मृत्युपछि पनि समाचारमा आएका कतिपय विषयले पुष्पामाथि थप अन्याय भएको र परिवारको पीडाको आगोमा घिउ थपिदिएको छ। ‘सुस्त मनस्थिति भएकी पुष्पा’ भनेर लेखिदिए कतिपय सञ्चारमाध्यममले।

‘१३ वर्षको छोरी ६ कक्षामा पढ्थिन्। धेरैजसो बालबालिकाले १३ वर्षको उमेरमा ८ कक्षा सम्म पुग्छन्। यही आधारमा कपिपय संचारमाध्यमले पुष्पालाई सुस्तमनस्थितिको बिल्ला भिराइदिए । ‘मृतकमाथि पनि अन्यायको सीमा त होला नि! एकै पटक १ कक्षामा भर्ना हुन मिल्ने सरकारी विद्यालय पढेकी होइन। बोर्डिङ स्कुल पढेकी हो। नर्सरी, एलकेजी, युकेजी सबै कक्षा पढ्नु पर्‍यो। कसरी सुस्तमनस्थिति कि हुन्छे हाम्रो छोरी? यस्ता मनगढन्ते आधारमा कसैलाई सुस्तमनस्थिति भएको भन्न पाइन्छ?’ पुष्पाका बुबा राजन केसी आक्रोसित भए। ‘हो, उनको दृष्टि सामान्य मानिसभन्दा केही कमजोर थियो। तर, आँखा कमजोर भएकै आधारमा सुस्त–मनस्थिति भएकी भन्ने?’ 

‘छोरीलाई टमाटर लिएर आऊ’ भनेर पनि नभनेको र छोरीलाई अरु कसैले नै बहकाएको बुबा केसीले बताए। 

‘पुष्पा नाच्न सिपालु थिइन्। उनको रहर पनि नाच्नु नै थियो। अघिल्लो मंगलबार पनि नाच्ने भनेरै स्कुलबाट ढिलो गरी घर आइन्’ मलीन मुहार भएका राजन् छोरीको वियोगले मौलाएका थिए। रोदन र आक्रोशले रन्थनिने मन चाहेर पनि सम्हाल्न सक्दैनन् राजन्।

Xtrem

Xtrem

‘मंगलबार साढे ४ बजे घर आइपुग्नु पर्नेमा साढे छ बजे आएकी थिई। स्कुलमा समूह बनाएर नाच सिक्दै थिई,’ मधुरो स्वरमा उनले सुनाए। मंगलबार ढिलो घर आइपुग्दा झोला बहिनी दियालाई दिएर पठाएकी थिइन्। स्कुलमा नाच्दैछु भनेर पुष्पाले घरमा भने पनि स्कुलले त्यसको रिपोर्ट परिवारलाई नदिएको उनको भनाई छ। 

‘स्कुलले कम्तिमा जिम्मेवारी लिइदिनुपर्‍यो। हामी उसको नेतृत्वमा हिड्न तयार छौं,’ राजन भन्छन्, ‘स्कुल बसको समेत व्यवस्था गरिएकाले स्कुलदेखि घर नआइपुग्दासम्म बाटोमा भैपरी आउने सबै घटनाको जिम्मेवार स्कुल हुन्छ’। विद्यालयले जिम्मेवारी ग्रहण गरेर अनुसन्धानलाई सघाउनुको साटो पन्छिरहेको उनको आरोप छ।

राजन गण्डकी बोर्डिङ स्कुलका सुरक्षा गार्डसमेत हुन्। कुनै पनि विद्यालयले विद्यार्थीलाई बाटोेबाटो मै नछोड्ने र छोड्नै परे त्यसको रिपोर्ट परिवारलाई दिने गरेको आफ्नै अनुभव मिश्रित कुरा सुनाए उनले। 

केसी परिवार छोरी पुष्पा गुम्नुमा स्कुलकै गल्ती भएको बताउँछ। काका ध्रुव केसी भन्छन्, ‘स्कुलको लापरबाहीले यस्तो घटना भएको हो। कम्तीमा पनि विद्यालयले कहाँ ओर्ली र कहाँ गई भन्ने जानकारी त दिन सक्नुपर्थ्यो।’ दिनभर अरु कसैसँग भेट नभएको र स्कुलकै विद्यार्थी तथा शिक्षकसँग मात्रै भएकाले प्रहरीले त्यतातर्फ ध्यानदिनुपर्ने उनको आग्रह छ। 

पुष्पाका बुबा राजन केसी र ठूलाे बुबा याेगेन्द्र केसी


‘ऊ (पुष्पा) सँग मोबाइल पनि छैन। घरभन्दा बाहिर पनि खासै जान्नथी। यो सब योजना स्कुल एरियामै भएको हाम्रो ठम्याई छ,’ काका योगेन्द्र केसी भन्छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा बलात्कार नभएको देखिएपनि ‘प्रयास चाहिँ’ भएको उनको आरोप छ। 

पोखरा १९ लामाचौरकी पुष्पा केसी विन्ध्यवासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत थिइन्। उनी शुक्रबार साँझ मृत फेला परेकी थिइन्। उनको शव पोखरा १९ फापरतरोमा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्पाको छात्ती, टाउको र फोक्सोमा चोट लागेको देखाएको छ।

पुष्पाको शव अहिले पोखरा विज्ञान स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ। घटनाको निष्पक्ष छानबिन नभएसम्म परिवारले शव नबुझ्ने अडान लिएका छन्। जिल्ला प्रहरी कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले घटनाको छानबिन भइरहेको बताए। ‘घटनाको विषयमा मौखिक तथा लिखित सोधपुछ पनि चलिरहेको छ। हामी थप अनुसन्धान जुटिरहेका छौं,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
सम्बन्धित सामग्री
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् । बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस... बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई पठाएको निर्णयमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने व्यवस... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्