धनगढी- सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ। शनिबार साढे ८ बजे बोलाइएको बैठक स्थगित भएको हो।
सरकारले सत्तापक्ष दललाई नै बजेटका विषयमा सहमतिमा ल्याउन नसक्दा बैठक नै स्थगित भएको हो।
बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति सत्ता साझेदार दलहरु नै सन्तुष्ट छैनन्। सत्तापक्षकै सांसदले संशोधन नगरी बजेट पास हुन नदिने अडान लिएकै कारण प्रदेश सभा बैठक स्थगित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।