काठमाडौं- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेपालस्थित अमेरिकी राजदूत डीन आर थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
शुक्रबार नै नेपाल आएका लु शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दिवंगत सीताको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।
यसअघि शुक्रबार नै प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
आज नेपाल सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता तथा नेपालस्थित जापान, मलेसिया, स्विटजरल्याण्ड, म्यानमार, थाइल्याण्ड, पाकिस्तान, इजिप्ट, भारत, बेलायत, जर्मनी, अष्ट्रेलिया, नर्वेलगायतका मुलुकका राजदूत एवं प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि लगायतले पनि प्रधानमन्त्री र उनको परिवारलाई भेटेर समवेदना प्रकट गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि बिहीबार र शुक्रबार बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्मका लागि समय निर्धारण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।