काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको चौथो अधिवेशनमा बोल्दै उनले दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने उल्लेख गरे।
‘कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन। भ्रष्टाचारमा शून्य सहनशिलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन,’ पौडेलले भने, ‘त्यसैले सुशासन कायम गर्ने सन्दर्भमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ।’
नागरिकको समस्या र आवश्यकताका विषयमा आम सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।