काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन काठमाडौँमा सुरु हुँदै छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बिहीबार दिउँसो साढे दुई बजे काठमाडौँको सोल्टीमोडस्थित होटेल सोल्टीमा कार्यक्रमको औपचारिक उद्घाटन हुँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक अध्यक्ष राष्ट्रको हैसियतमा सम्मेलनको उद्घाटन गर्नेछन्।
चौथो सम्मेलनबाट उर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने, सदस्य राष्ट्रहरुका जनस्तरमा सम्पर्क वृद्धि गर्ने कार्यक्रम ल्याउने लगायत विषयमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।