काठमाडौं- एक दिने भ्रमणको क्रममा शुक्रबार बिहान काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले परराष्ट्र मन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन्। लु र साउदबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट भएको हो।
भेटमा लुले नेपाल अमेरिका सम्बन्ध र एमसीसी लगायत अमेरकी परियोजनाको कार्यान्वयनको बारेमा चासो राखेको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ।
‘भेटमा नेपाल-अमेरिका सम्बन्ध र सहयोगका विषयमा छलफल भएको थियो,’ सचिवालयले जानकारी दिएको छ। त्यसअघि उनले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए।
उक्त भेटमा नेपालका लागि अमेरिकी राजदूत डीन ए थम्पसन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।