काठमाडौं- सभामुख देवराज घिमिरेले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०/०८१ को बजेटसम्बन्धी विधेयक शुक्रबार प्रमाणित गरेका छन्।
नेपालको संविधानको धारा ११३ को उपधारा १ बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधन बिना पारित गरेको र राष्ट्रिय सभाले सुझाव बिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेको उनेको सचिवालयले जनाएको छ।
संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।