काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुट र बेहिमानीको खेती गर्ने राजनीतिक दलहरुले मानव अधिकारको खिलाफमा गएर दु:ख दिन सक्ने दाबी गरेका छन्। मानवअधिकार एलायन्सको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त दाबी गरेका हुन्।
‘राजनीतिक दल मानवअधिकारको खिलाफमा हुन्छ भन्ने होइन। कहिले-कहिले राजनीतिक दलहरु आफ्ना स्वार्थका लागि मति भ्रष्ट भए भने झुट र बेइमानीको खेती गर्ने भए भने त्यस्ताले दु:ख दिन सक्छन्,’ अध्यक्ष ओलीले दाबी गरे।
उनले नेकपा एमाले भने त्यस्तो पार्टी नरहेको पनि टिप्पणी गरेका छन्। ‘तर हाम्रो पार्टी यस्ता कुरामा सजग छ,’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।