काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले दलित समुदायमाथि ज्यादतीको सीमा नाघेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद बराइलीले दलितमाथि ज्यादती गर्नेहरुलाई कारबाहीको माग गरेका छन्।
जुम्ला एक दलित परिवारमाथि भएको घटनाप्रति दु:ख व्यक्त गर्दै सांसद बराइलीले दलितका घरमा आगजनी गर्ने दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।
‘दलित समुदायमाथि ज्यादतीको सीमा नाग्यो। अति भयो। हालै जुम्लाको तातोपानी- ४ का मकेन्द्र नेपालीको घरमा सर्वश्व हुने गरL आगजनी भएको छ। त्यसको कारण हो, बसन्ती गिरी भन्नेसँग वैवाहिक सम्बन्ध कायम रहनु। केटीको दाजुले उसको घरमा आगजनी गरेको पुष्टि भएको छ,’ सांसद बराइलीले भने, ‘यो ज्यादै निन्दनीय काम भएको छ। यसका अपराधीहरुलाई हदैसम्मको कारबाही होस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।