स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाले स्मार्ट नगरपालिका बन्नको लागि आफ्ना प्रारूप तयार गरेको छ।
स्मार्ट नगरपालिका बन्नको लागि ल्याइएका केही अवधारण कार्यान्वयनमा आएका छन् भने कतिपय क्रमशः लागू गर्ने तयारीमा छ। फोहरबाट 'माेहर'कमाउने नगरपालिकामा वालिङ पर्दछ। नगरपालिकाको सहरभित्र रहेका घरहरूमा एकै प्रकारको रङरोगनलाई अनिवार्य गरिएको छ।
सेवाग्राहीलाई सरकारी कामको लागि कार्यालय धाउन नपर्ने गरी अनलाइन प्रणालीको विकास गरिँदैछ। वालिङका मेयर दिलीप प्रताप खाँड भन्छन्, ‘वालिङको नागरिक सरकारी सेवाको लागि जहाँ भएपनि अनलाइनमार्फत सेवा लिन सक्छन्।
अनलाइन प्रणालीको असोजपछि सुरु गर्ने क्रममा रहेको उनले बताए। सरकारी कार्यालयहररू पेपरलेस बनाउन प्रक्रियामा नगरपालिका छ। करमा वृद्धि नगरेको खाँड बताउँछन्। बजेटका लागि केन्द्रबाट आश्रित हुनुपर्ने परनिर्भरता हटाउने पक्षमा आफू रहेको उनले बताए।
ग्रामीण क्षेत्रमा रहेका सर्वसाधारणलाई बाँदरको सास्ती हटाउन साइरनको व्यवस्था गर्न लागिएको बताए। प्रयोगमा ल्याउन लागिएको साइरन आवाजमार्फत बाँदर भाग्नेछ भने त्यसको आवाज मनिसले नसुन्ने प्रकृतिको हुन्छ।
सवारी साधन तथा पसलहररूमा पे–कार्ड प्रविधि भित्र्याउन लागिएको खाँडले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।