काठमाडौं- सभामुख देवराज घिमिरेले लम्पी स्किन रोगबारे सरकारले गरेका कामहरुको जानकारी सदनलाई गराउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सचेतक पदम गिरीले सरकारको जवाफ माग गरेका थिए।
लम्पी स्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकदेखि आजका बैठकमा पनि सांसदहरुबाट कुरा उठिरहेकोले जवाफ दिन सभामुखले निर्देश गरेका हुन्।
‘यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोगथामका लागि गरेका कार्यहरुको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।