• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

छोरीलाई पास गराउन उत्तरपुस्तिका सच्याउने लोक सेवाका अधिकृत भ्रष्टाचारी ठहर, ६ महिना कैदको फैसला

64x64
नेपाल लाइभ शुक्रबार, असार २९, २०८०  १४:२४
1140x725

काठमाडौं– छोरीलाई लोक सेवा आयोगको परीक्षामा पास गराउन उत्तरपुस्तिका सच्याउने तथा आफैं उत्तर लेख्ने लोक सेवा आयोगका अधिकृतलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले मंगलबार लोक सेवा आयोगका अधिकृत मिमबहादुर शाहीलाई दोषी ठहर गर्दै ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। 

न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आफैं लोक सेवा आयोगको कार्यालयमा कार्यरत रहेका अधिकृतले आफ्नो छोरीका लागि गरेको उक्त कार्य अक्षम्य भएको भन्दै उनलाई दोषी ठहर गरेको हो। निष्पक्षता कायम गर्नुपर्ने जिम्मेवारी र शपथ लिएको व्यक्तिले आफ्नो परिवारको सदस्य सहभागी भएको परीक्षामा जोडिन समेत नमिल्ने अवस्थामा उनले परीक्षाको उत्तरपुस्तिका नै फरक हुने गरी लेखेको कार्य भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य भएको फैसलामा उल्लेख छ। 

नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराइ सफल गराउने नियतले शाहीले उत्तरपुस्तिका सच्याएका भेटिएको थियो। 

लोक सेवाअन्तर्गत सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत शाहीले २०७६ जेठ  ११ गते नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेका थिए। 

छोरीको उत्तरपुस्तिकामा बाबुले उत्तर लेखेको सुचना लिक भएपछि आयोगले उनलाई निलम्वन गर्दै कारबाही समेत गरेको थियो। परिक्षमा सहभागी उनकी छोरीको उत्तरपुस्तिका रद्द गरिएको थियो। 

आयोगले रोल नम्बर ३२९८ भएकी ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो। त्यसपछि अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन सुरु गरेको थियो। 

अख्तियारले २०७८ वैशाख ८ गते शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। प्रश्नपत्रको गोपनियता भङ्ग गरेको र  झुट्टा विवरण पेस देखिएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

छोरी पास गराउन शाहीले जे गरे
छोरी नेपाल वायुसेवा निगमको परिक्षामा सहभागी भएपछि जसरी पनि पास गराउन भन्दै शाही आफैं सक्रिय भएर लागेका थिए। अधिकृत शाहीले वस्तुगत परीक्षाको उत्तरपुस्तिकामा ५० वटै प्रश्नका उत्तर  ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेका थिए। उनले भनेअनुसार नै छोरीले परीक्षामा लेखिन्। उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ बनाउँदै सच्याए।

Ncell 2
Ncell 2
nimb
nimb

नतिजा प्रकाशन हुँदा वस्तुगत परीक्षाको ५० वटै प्रश्नको उत्तर मिलेको पाइयो। अन्तिम नतिजा प्रकाशनको निर्णय गर्नुअघि उनकी छोरीको नाम १ नम्बरमा सार्वजनिक भयो।  परीक्षामा अस्वभाविक अंक प्राप्त भएको देखेएपछि आशंका उब्जिएको थियो। 

प्राप्ताङ्क अस्वाभाविक लागेर तत्कालीन सचिव आनन्दराज ढकालले चासो दिए। उनले उत्तरपुस्तिकामाथि पुन: छानबिन गर्न पनि निर्देशन दिए। छानबिन गर्दा परीक्षार्थी लोक सेवा आयोगको कार्यालयमै कार्यरत रहेका शाहीकी छोरी भएको पुष्टि भयो। 

बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको रहस्य खुलेपछि आयोगले थप प्रमाण जुटायो। उत्तरपुस्तिका विधि विज्ञान प्रयोगशालामा अक्षर परीक्षणका लागि पठाइयो। 

परीक्षणपछि उत्तरपुस्तिका सच्याएको पुष्टि भयो। भित्रि रुपमा यो छानविन चलिरहँदा शाही भने छोरीको परीक्षा परिणाम सार्वजनिक गर्न हतार गर्दै लागेका थिए।  

Xtrem

Xtrem

अधिकृत शाहीले उत्तीर्ण परीक्षार्थीहरुको सूचीमा आफ्नी छोरीको नाम एक नम्बरमा राखेर अन्तिम नतिजा प्रकाशनको निर्णयको प्रस्ताव सचिव ढकालसमक्ष लगे। सचिव ढकालले त्यसअघि नै उक्त कुराको सूचना लिएर बसेकाले उक्त नतिजामा हस्ताक्षर गरेनन्। अधिकृत शाहीले छिट्टै नतिजा सार्वजनिक गर्नुपर्ने भन्दै जोडवल त गरेका थिए, तर सचिवको अगाडि उनको केही लाग्ने अवस्था थिएन। 

सचिव ढकालले नतिजामा हस्ताक्षर नगरी विधि विज्ञान प्रयोगशालाको रिपोर्टअनुसार कानुन महाशाखाका प्रमुख धर्मराज कुइँकेलको नेतृत्वमा छानबिन समिति गठन गरे। उक्त समितिले अधिकृत शाहीले अनियमितता गरेको निष्कर्ष निकाल्यो। उनीमाथि आयोगले कारबाही शुरु गर्‍यो र उनकी छोरीको नतिजा रद्द गर्‍यो। 

आयोगले आफूसँग भएका विवरणहरु अख्तियारलाई लेखि पठायो।  अख्तियारले थप अनुसन्धान गरेर उनीमाथि भ्रष्टाचार मुद्दा दायर गर्‍यो। मुद्दा दायर भएको २ वर्षपछि विशेष अदालतले शाहीलाई दोषी ठहर गरेको हो।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव स... बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्