बैतडी : खोलाले बगाएर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कुलेडीकी अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको मृत्यु भएको हो।
बिहीबार दिउँसो गोठालोबाट फर्किने क्रममा खोला तर्दा उनलाई बगाएपछि बेपत्ता भएकी थिइन्। खोलाले बगाउदा बेपत्ता भएपछि स्थाानीयले प्रहरीलाई खबर गरेका थिए।
उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।