• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको आदेशले उद्धव थापा नेतृत्वको सरकार सामु तीन चुनौती

64x64
नेपाल लाइभ बिहीबार, असार २८, २०८०  १८:०१
1140x725

काठमाडौं- सत्तासिन भएको हप्ता दिन भित्रै कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले काम गर्न रोक लगाएपछि उनी नेतृत्वको गठबन्धन सरकारले मुख्यगरी ३ वटा चुनौतीको सामना गर्नुपर्ने अवस्था आएको छ। 

पहिलो, आफूलाई विश्वासको मत जुटाउनेमा अलमल, दोस्रो, नयाँ आर्थिक वर्ष लाग्नै लाग्दा एमालेले ल्याएको बजेटको भर र तेस्रो, सर्वोच्चले कुनै पनि दीर्घकालीन महत्वका काम तथा निर्णय नगर्नु भनेपछि नयाँ सरकार करिब काम चलाउको हैसियतमा बस्नुपर्ने अवस्था।

बहुमतको परीक्षण गर्नैमा अलमल
थापालाई संविधानमाथि 'कु' गरेर मुख्यमन्त्री भएको आरोप लागेको छ। संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी दुई वा दुईभन्दा धेरै दलको समर्थनबाट बहुमत रहेको भन्दै मुख्यमन्त्री बनेका थिए। तर ४७ सांसदको बुहमत पुर्‍याउन थापाले प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर पनि मिसाएका छन्। 

सभामुखले सरकार बनाउनलाई निर्णायक हस्ताक्षर गरेकोमा तीव्र आलोचना भएको छ। जसलाई विपक्षीले संविधानलाई कु गरेको आरोप लगाएका छन्, असंवैधानिक भनेका छन्। स्वयं सभामुखले पनि नगर्दा हुने काममा आफूले ‘डेडलक’ हटाउन हस्ताक्षर गरेको दाबी गरेका छन्। 

असार २१ गते सभामुखको हस्ताक्षर सहित मुख्यमन्त्री दाबी गरेको एकाध घण्टामा जिम्मेवारी पाएका थापालाई उक्त प्रमाणित गर्न साउनको १९ गतेसम्म समय छ। तर यो बीचमा संसद् अनिश्चितकालका लागि स्थगित छ भने प्रमुख प्रतिपक्षी सर्वोच्च पुगेको छ। जहाँ उनको सिंगो नियुक्ति प्रक्रिया बदर गर्न माग गरिएको छ। 

एमालेको संसदीय दलका नेता तथा निर्वतमान मुख्यमन्त्री हिक्मत कार्कीले जाहेर गरेको रिटमा थापाको नियुक्ति प्रक्रियाको बदर र आफूलाई १६८(३) अनुसारको नेतृत्व दिलाउनुपर्ने माग छ। सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश गरेको छ र थापा नेतृत्वको सरकारलाई दीर्घकालीन महत्वको कुनै पनि काम नगर्न भनेको छ। भनेको छ, साउन ७ गतेबाट खुरुखुरु सुनुवाइ सकेर छिट्टै अन्तिम फैसला हुनेछ। 

थापा अब यो मुद्दाको किनारा नलागुन्जेल विश्वासको मतका लागि संसद्‌मा परीक्षण गर्नबाट बञ्चित हुने संवैधानिक कानुनका ज्ञाताहरु बताउँछन्। यस्तो अवस्थामा के गर्नुहुन्छ भन्ने प्रश्न नेपाल लाइभले मुख्यमन्त्री थापालाई सोध्यो। उनले आफू अहिले कुनै प्रतिक्रिया नदिने र अगाडिका निर्णय कानुनसम्मत  हुने मात्र भनेर पन्छिए। 

सोही प्रश्न सत्ता घटक एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई सोध्यौं। राई आफूहरु अहिले परामर्शमा रहेको बताउँछन्। ‘अहिले हामी परामर्शमा छौं। परिस्थितिले सबै दलहरु अहिले छलफल गर्ने माहोलमा छैनौं,’ राईले संक्षिप्त प्रतिक्रिया दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिपक्षी दल एमाले भने अदालतले जस्तो फैसला गरे पनि समय पर्याप्त  रहेको बताउँछ। ‘अदालतको उद्देश्य के हो भन्ने बुझिन्छ भने ७ गतेबाट निरन्तर सुनुवाइ गर्ने भन्ने जुन अग्राधिकार दिएको छ, त्यसले साउनको १० सम्ममा फैसला आउन सक्ने देखिन्छ। उपर्युक्त दिनसम्मले सरकारी काम कारबाहीमा खासै असर गर्दैन,’ एमाले कोशीका संसदीय दलका सचेतक रेवतीरवण भण्डारीले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘मुख्यमन्त्रीले साउन १९ गतेसम्ममा विश्वासको मत लिनुपर्ने समय छ। यदि अदालतले यही सरकारलाई सदर गर्‍यो भने पनि समय पर्याप्त रहन्छ।’

सरकार नयाँ, गठबन्धन नयाँ तर बजेट भने अघिल्लै सरकारले ल्याएको अध्यादेशमा भर
तत्कालीन मुख्यमन्त्री कार्की अल्पमतमा परे पनि बजेट (विनियोजन विधेयक) भने उनले असार १ गते अध्यादेशमार्फत ल्याएका थिए। उक्त विधेयक असार १४ गते संसद्‌मा टेबुल भएको छ। लगत्तै संसद्‌मा आफूलाई परीक्षण गरेका कार्की सरकारबाट बाहिरिए। अब नयाँ गठबन्धन, नयाँ सरकार तर बजेट भने अघिल्लो सरकारले नै तयार गरेकोमा चल्नुपर्ने अवस्थामा छन् नयाँ मुख्यमन्त्री थापा। अर्थात्, नयाँ आर्थिक वर्ष लाग्नै लाग्दा थापासँग विपक्षी दलले प्रस्तुत गरेको बजेट छ। 

उनीसँग प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने विकल्प छ। तर संसद्‌मा बहुमत जुटाउने ‘महाभारत’ कायमै रहँदा कसरी अघि बढ्ने अन्योलमा रहेको गठबन्धन घटकका नेताहरु बताउँछन्। 

एमाले भने आफूहरुले ल्याएको बजेट साउन १ गतेबाट स्वत: कार्यान्वयनमा जाने हुँदा थापालाई समस्या नहुने बताउँछन् सचेतक भण्डारी। ६० दिन भित्र पास गर्नुपर्ने भएकोले समयमा पनि चिन्ता गर्नु नपर्ने उनको दाबी छ। 
‘बजेट त अध्यादेशबाट आएको छ। साउन १ गतेबाट स्वत: कार्यान्वयनमा गइहाल्छ। त्यसमा कुनै समस्यै भएन,’ सचेतक भण्डारी भन्छन्। 

Xtrem

Xtrem

सर्वोच्चको फैसलाले ‘हात बाँधिएका’ थापा
असार २१ गते मुख्यमन्त्री भएका थापा साता भित्रै हात बाँधिएका छन्। ‘प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ। यो आदेशको जानकारी प्रत्यर्थीहरुलाई गराउनू,’ आदेशमा भनिएको छ। 

थापाले आफू सहित ६ सदस्य मन्त्रिमण्डल गठन गरेका छन्। तर माओवादीका जीवन आचार्यलाई आर्थिक योजना मन्त्रालयको जिम्मेवारी दिन बाहेक अरु ४ मन्त्री बिनाविभागीय रहेका छन्। त्यस्तै, प्रदेशका अन्य महत्वपूर्ण जिम्मेवारीमा राजनीतिक नियुक्तिदेखि सरकार सञ्चालनमा आवश्यक पर्ने महत्वपूर्ण निर्णयहरु गर्नबाट थापा बञ्चित रहने दाबी गर्छन् विपक्षीहरु। 

‘उहाँ अब काम चलाउ बराबर हो। फैसला कुर्ने र सरकार सञ्चालनका दैनिक कामहरु गर्ने मात्र हो,’ एमालेका सचेतक भण्डारी भन्छन्। 

यता, सत्ता गठबन्धन भने मन्त्रीहरुलाई जिम्मेवारी दिन, नियुक्तिहरु गर्नमा अदालतले नरोकेको दाबी गर्छन्। 

‘अदालतले दीर्घकालीन महत्वका भन्या छ। त्यसको मतलब सरकार गएसँगै जाने प्रकृतिका निर्णय गर्नबाट रोक छैन,’ गठबन्धन घटकका एक नेता भन्छन्, ‘हामीले हुँदै नभएको अभ्यास गरेको होइन। अदालतले हाम्रै पक्षमा फैसला गर्नेमा पनि हामी विश्वस्त छौं।’

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
सम्बन्धित सामग्री
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ। बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनअन्तर्गत देशभरका वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता तथा का... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्