फाइल तस्बिर
काठमाडौं– सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बिहीबारका लागि बोलाइएको संसदीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो।
तर समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि समितिको बिहीबारको बैठक बस्न सकेन।
समितिको बैठक बस्न समितिमा रहेका कूल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। यसअनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।