काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्तिका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन्।
राष्ट्रिय सभामा विनियोजित विधेयक २०८० माथि छलफलमा क्रममा परराष्ट मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ बिहीबार दिँदै मन्त्री साउँदले उक्त कुरा बताएका हुन्।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले भने, ‘हाल स्थायी नियोग न्यूयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेत गरी ७ वटा मुलुकमा राजदूत पद रिक्त रहेका छन्। राजदूतहरुको नियुक्तिमा कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नेपाल सरकारको नीति रहेको छ। राजदूत नियुक्तिको सम्बन्धमा उच्च राजनीतिक तहमा छलफल भइरहेको छ र अब यो प्रक्रिया सीघ्र सम्पन्न हुनेछ।’
उनले बीआरआई सम्झौताअनुरुप कार्यान्वय नभएको बताए। मन्त्री साउदले नेपाल र चीनबीच सन् २०१७ मा बीआरआई सम्झौतामा हस्ताक्षर भएको भएको र सोहीअनुसार २ देशबीच छलफल भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।