काठमाडौं– कोशी प्रदेश विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चले सरकार गठनका क्रममा देखिएको संवैधानिक र कानुनी विवादवारे लिखित जवाफ पेस गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसहितका विपक्षीहरुको नाममा पनि आदेश जारी गरेको छ।
तत्कालै लिखित जवाफ पेस गर्ने इजलासबाटै निर्णयार्थ सुनुवाइको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू/नगराउनु भन्ने आदेश जारी गरेको छ।
कार्कीले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्दा संविधान मिचिएको दाबी गर्दै रिट दायर गरेका थिए। रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गर्दा ४६ सांसद मात्र भएको अवस्थामा सभामुखलाईसमेत हस्ताक्षर गराएको र उक्त कार्य गैरसंवैधानिक भएको दाबी गरिएको थियो।
सर्वोच्चले मुख्यमन्त्री नियुक्तिका विषयमा लिखित जवाफ लिएर अर्को सुनुवाइमा उपस्थित हुन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।