• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनयुद्धका तीन घटना : जहाँ सीताको ‘जोडबलले बाँचेका’ थिए प्रचण्ड

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०८०  १४:५३
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको निधन भएको हो। उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान नै उनलाई अस्पताल लगिएको थियो।

सीता लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन्। केही वर्षदेखि उक्त रोगसँग जुझिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्‍याएर उपचार गरिएको थियो। तर, विश्वका नाम चलेका अस्पतालमा उपचार गर्दासमेत उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएन। अन्ततः बुधबार उनको निधन भयो।

अन्य कैयौं श्रीमान-श्रीमतीझैं प्रचण्ड र सीताले पनि लामो समय सँगै बिताए। तर, यो जोडीको केही विशिष्ट अनुभवहरु पनि रहे। खासगरी प्रचण्डको भूमिगत राजनीति, सन्तान हुर्काउनुपर्ने दायित्व र परिवारको कमजोर आर्थिक अवस्थाले उत्पन्न पारिवारिक बोझलाई सीताले कठिनाइका साथ पार लगाएकी थिइन्। जनयुद्धकालका कठोर समयमा पनि उनी प्रचण्ड सँगसँगै रहिन्।

जनयुद्धको समय अनिश्चयपूर्ण थियो। जीवन र मृत्युको कुनै ठेगान हुँदैनथ्यो। संयोगहरुलेसमेत कैयौंको मृत्यु हुन्थ्यो, कैयौं बाँच्थे। त्यस्ता दिनमा पनि सीताले प्रचण्डलाई सहयोग गरिरहिन्। एक अन्तर्वार्तामा सीताले जनयुद्धकालमा प्रचण्डलाई सुरक्षित गराएका सन्दर्भहरुको चर्चा गरेकी छिन्। मूल्यांकन मासिकमा प्रकाशित सीताको सो अन्तर्वार्ताको एक अंश यहाँ प्रस्तुत छ।

तपाईंले नै उहाँलाई सुरक्षित गराएका घटनाहरू उल्लेख गरिदिनु न? 
त्यस्ता घटनाहरू त धेरै छन्। ठ्याक्कै मेरो बलले उहाँलाई बचाएका मुख्यतः दुईटा घटना छन्। एकपटक सात वर्षअगाडि भारतमा अल कायदाको खुब चर्चा र खोजी भइरहेको थियो। उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौं। रेलको एउटा सिटमा हामी दुईजना सुतेर आएका थियौं। एउटाको टाउको अर्कोको खुट्टा यता बनाएर, उल्टोपाल्टो हुँदै। त्यहाँ इण्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो। उहाँले हाम्रो ठूलो झोलामा माओवादी डकुमेण्ट, पुस्तक र लेखहरू राखेर ल्याउनुभएको थियो। 

मैले दिल्लीमा नै उहाँलाई भनेकी थिएँ, ‘अहिले किताबहरू नलैजाऔं। हाम्रो स्टाफ पछि आउँदै हुनुहुन्थ्यो। बाइचान्स चेक भयो भने सबै पर्छ। तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उहाँले लिएर आइहाल्नुभयो केही हुन्न भनेर। उहाँले रेलमा ती सबै सामान सिरानीमा हालेर बस्नुभएको थियो। 

इण्डियामा रहँदा दुनियाँ नाटक गरेर बस्नुपर्दथ्यो। म पनि प्रायः हातभरि चुरा, गहना वा त्यस्तै पहिरन लगाएर हिँड्थे। माओवादी महिलाहरुजस्तो ‘सिम्पल’ भएर हिँड्नुको सट्टा गृहिणी महिलाजस्तो भएर हिँड्थेँ, त्यो आफूलाई जोगाउन गरिन्थ्यो। रेलमा सबै मान्छेको चेक गरियो। म निन्द्रामा रहेछु। चेक गरेको थाहा पाएर म बिउँझिएँ। यसो हेर्छु त पुलिसले सारा झोला र खल्ती चेक गरिराखेको छ, अरुलाई उठाइरहेको पनि छ। फेरि त्यही बेला उहाँले जुँगा पनि पाल्नुभएको थियो। दाह्री पनि लामो भइसकेको थियो। मुख्यतः मुसलमानहरुले प्रायःजसो दाह्री पाल्ने। त्यतिखेर दाह्री–जुंगा भएका मुसलमानहरुकै खोजी भइरहेको थियो। त्यसपछि मलाई कस्तो भयो भने के गर्ने के नगर्ने? उहाँ त तन्ना ओढेर सुतिरहनुभएको थियो। खुट्टाले झक्झकाएर सङ्केत गरेँ, ‘तपाईं चुप लागेर सुत्नुहोस् ।’ त्यो सङ्केत पाएपछि उहाँले बुझ्नुभो। म गृहिणी महिलाजस्तो यता–उता गर्दै बसेँ। त्यसपछि सबैलाई चेक गर्दा पनि हामीलाई गरेन र बल्लतल्ल बचियो। 

अर्को त्यस्तै घटनामा २०६० सालमा सुरेश आलेमगर र मातृका यादव पक्राउ भएको बेला थोरै संयोगले उहाँलाई बचाइएको छ। घटना दिल्लीकै हो, त्यहाँ हामी सँगै थियौं। साथीहरूसँग कुरा गरेर डेरामा फर्किँदै गर्दा साँझ परिसकेको थियो। उहाँले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभा’को छ, कुराकानी गर्नुछ’ भन्नुभयो। मैले ‘राति भइसक्यो अहिले नजानुहोस्’ भनेँ। दुई/तीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गर्नुभयो। मैले कराएको कराई गरेपछि फर्केर भित्र कोठामा आउनुभयो। 

nimb
nimb
Ncell 2
Ncell 2

भोलिपल्ट बिहान ९ बजेको थियो होला। उहाँले ‘म जान्छु’ भन्न थाल्नुभयो। मलाई के लागेको थियो भने सुरेशजी त यता–उता भाषण गर्दै हिँडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुनसक्छ। त्यसैले श्रीमान्‌लाई सम्झाउने तरिकाले कुरा गरेँ। ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ भनेँ। त्यसपछि उहाँले स्टाफलाई फोन गरेर सुरेशजीकहाँ बुझ्न लगाउनुभो। पहिलोपटक जाँदा नभएको खबर लिएर साथी आउनुभएछ। दोस्रोपटक बादलजीको स्टाफलाई पठाउँदा त त्यहाँको चिया पसलेले भनेछन्, ‘ती मान्छेहरूलाई त बेलुकै पुलिसले लगिसक्यो।’

त्यसरी यी दुईटा घटनामा म नजिकबाट सामेल भएको छु। 

रोल्पाको डाँडागाउँमा पनि अध्यक्ष रौं–रौंले बच्नुभएको रहेछ, होइन? 
रोल्पामा त जनताकोमा बस्ने गर्दथ्यौं। त्यहाँ हामी बसेको घरमा बमबारी पनि गर्‍यो। त्यहाँ पनि मैले चेताउने काम अलि पहिलेदेखि नै गरेकी थिएँ। उहाँहरुलाई भन्थें, ‘अब हामी यहाँ नबसौं। यहाँ बसेको लामो समय भइसक्यो। जनताहरू सदरमुकाम आउँछन्, जान्छन्। त्यो भएपछि लिक हुनसक्छ, खतरा हुनसक्छ।’ 

बमबारी हुनुभन्दा पाँच दिनअगाडि पासाङलाई पनि भनेकी थिएँ, ‘अब यहाँ त बस्नुहुन्न है बाबु!’ त्यसपछि उहाँहरूले ‘ठीक हो’ भनेर सरेको दुई रातमात्र भएको थियो, बमबारी गरिहाल्यो।

यो पनि पढ्नुहोस्

एक दशकमा प्रचण्डले खेपे तीन वियोग

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने
सम्बन्धित सामग्री
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा... बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डीपी अर्यालले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन्... बुधबार, जेठ ६, २०८३
अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि (सूचीसहित ) पार्टीले वडा, पालिका, जिल्ला तथा प्रदेश तहका भेला र अधिवेशन सम्पन्न गराउने उद्देश्यसहित केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, स... बुधबार, जेठ ६, २०८३
ताजा समाचारसबै
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार बुधबार, जेठ ६, २०८३
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबार, जेठ ६, २०८३
अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि (सूचीसहित ) बुधबार, जेठ ६, २०८३
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्