काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। मन्त्रिपरिषद्को बैठकले ‘प्रथम महिला’को रुपमा राजकीय सम्मानसहित दाहालको अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीपत्नी ६९ वर्षीया दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
दाहालको निधनपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ‘प्रथम महिला’को दाहालको अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिवंगत सीता दाहालको अन्त्यष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने भएको जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।