काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आज (बुधबार) बस्ने भनिएको बैठक स्थगित भएको छ।
राष्ट्रिय सभाको बैठक बुधबार बिहान ११:०१ बजे बस्ने तोकिएको थियो। विशेष कारणबस भन्दै बैठक सारिएको हो।
‘विशेष कारणबस’ भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण बैठक सारिएको संघीय संसद् सचिवालय स्रोतले जानकारी दिएको छ। राष्ट्रिय सभाको अर्को बैठक बिहीबार बिहान १०:१ बजे बस्ने जनाइएको छ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी ६९ वर्षीया दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।