सभामुख देवराज घिमिरे (फाइल तस्बिर)
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति सभामुख देवराज घिमिरेले दु:ख व्यक्त गरेका छन्।
बुधबार एक सन्देश जारी गर्दै दाहाल निधनले स्तब्ध बनाएको बताउँदै दु:ख व्यक्त गरेका छन्। उनले दिवंगत दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरे शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री पत्नी ६९ वर्षीया दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।