काठमाडौं– आज (बुधबार) बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि सत्तारुढ दल कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो।
बैठक बुधबार दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा बस्ने तय थियो। केन्द्रीय समितिको बैठकका अजेन्डा तय गर्न बिहान ९ बजे पदाधिकारी तथा पार्टी शीर्ष नेताहरुको बैठक बस्ने भनिएको थियो।
तर बिहान ८:३३ बजे दाहालको निधन भएपछि पदाधिकारी बैठकसँगै केन्द्रीय समितिको बैठक पनि स्थगित गरिएको कांग्रेसका १ जना केन्द्रीय सदस्यले जानकारी दिए। ती केन्द्रीय सदस्यका अनुसार पार्टी केन्द्रीय समितिको बैठक अब साउन २ गतेदेखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।