राजविराज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ६ मा बिहीबार बिहान भएको यात्रु बस दुर्घटनामा १७ जना यात्रु घाईते भएका छन्। घाईते मध्ये १ जनाको अवस्था गम्भीर छ।
पोखराबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख ६९४२ नम्बरको यात्रु बस बिहान करिब ४ बजे आफैं अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका कास्कीको पोखरा महानगरपालिका १९ की ५२ वर्षिया देवरुपा गिरीको ढाडमा चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी भावेश रिमालले बताए।
अन्य यात्रको अवस्था सामान्य रहेको छ। अधिकांश घाईतेहरू कास्की, मोरङ, झापा र चितवनका छन्। उनीहरूको सप्तरीको कल्याणपुर स्थित एडभान्स सुरक्षा अस्पतालमा उपचार भइरहेको छ।
बसका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।