काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उमेरहद हटाएको चासो नराख्न चेतावनी दिएका छन्। एमालेले आफ्नो विधानमा रहेको ७० वर्षे उमेरहद हटाएपछि उठेको सवालमा आक्रोश व्यक्त गरेका हुन्।
एमाले बागमती प्रदेश संगठन कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्।
‘एमालेले ७० वर्ष हटायो भनेर विरोधीले रुवाबासी गरेका छन्। एमालेले ७० राख्यो कि हटायो तिनीहरूलाई के चासो? एमालेको विरोध गर्नुपरेको छ। कांग्रेसले उमेरहद राखेको छैन। यस पार्टीमा बालबालिकादेखि वृद्धवृद्धासम्मको समर्थन छ,’ अध्यक्ष ओलीले आक्रोश व्यक्त गर्दै उक्त कुरा गरेका हुन्।
अध्यक्ष ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र कांग्रेस सभापति शेरबहादुर देउवाको उदाहरण दिँदै आफूलाई म्याराथन गर्न मन लाग्ने टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।