काठमाडौं- राष्ट्रिय सभा सदस्य डा बिमला राई पौड्यालले नेपाली सेनाको संख्या धेरै भएकाले पुनरावलोकन गर्नुपर्ने माग गरेकी छिन्। विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसद पौड्यालले उक्त धारणा राखेकी हुन्। उनले रक्षा मन्त्रालयको खर्च शीर्षकमाथिको छलफलमा सहभागिता जनाएकी थिइन्।
‘हाम्रो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयलाई ८०/९० हजार सेना चाहिन्छ कि चाँहिदैन? पुनरावलोकन गरौं,’ सांसद पौड्यालले
भनिन्।
देश भित्र कुनै लडाईं नभएकोले सेनाको आवश्यकता नै नरहेको सांसद पौड्यालले बताएकी छिन्।
‘हाम्रो देश भित्र लडाईं छैन। अनि छिमेकीबाट लडाईं हुने सम्भावना हुने देखिँदैन। भइहाले हामी टिक्न सक्ने अवस्था देखिँदैन। सीमा सुरक्षा गर्न यसले राम्रोसँग सञ्चार पनि गर्न सक्दैन,’ सांसद पौड्यालले भनिन्, ‘सुरक्षा गर्न त परै जाओस्, यस्तो मन्त्रालयलाई पाल्ने कि नपाल्ने? ८०/९० हजार सेना हामीलाई चाहिन्छ कि चाँहिदैन?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।