काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० पेस गरेका छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्री रिजालले उक्त विधेयक पेस गरेका हुन्।
मन्त्री रिजालले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिद-बिक्री बढ्दो क्रममा रहेको बताउँदै विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन, सहजीकरण तथा व्यवस्थित र विश्वसनीय बनाउन विद्युतीय ऐन आवश्यक भएको औंल्याए।
उनले भने, ‘विद्युतीय व्यापारको माध्यमबाट मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्धन तथा लघु घरेलु साना उद्योगको उत्पादन अभिवृद्धि गर्न सकिने अवस्था सिर्जना भएको छ।’ उनले कानुनी व्यवस्थाबाट विद्युतीय व्यापारको कारोबार गर्दा आइपर्ने समस्याको निराकरण गर्न तथा उपभोक्ताको संरक्षण गर्न कठिनाइ भइरहेको बताए। त्यसका लागि विद्युतीय व्यापार ऐन आवश्यक भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।