• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन १६, २०८२ Sat, Feb 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भारतबाट मुर्रा भैँसी, अमेरिका र अस्ट्रेलियाबाट घाँस!

प्रकाश सिलवाल/रासस मंगलबार, असार २६, २०८०  ०९:५५
1140x725

तिगाउँ (नुवाकोट)– ‘सामान्य भैँसी भारु १ लाखमै पाउन सकिन्छ, तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ। अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु १ करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।’

भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो। अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन्। पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ। 

गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो। यो विषयले नेपालको संघीय संसद्‌मासमेत चर्चा पायो। हाँसोमजाकको विषय पनि बन्यो, तर कृषिप्रधान नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार अत्यावश्यक छ। देश–विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग उक्त जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री प्रचण्डको उक्त भ्रमणका अवसरमा उपलब्ध गराउने समझारी भएको थियो।

एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा १ हजार ५०० किलोग्राम, ६ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य १ करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन्। मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन्। यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन्। व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता मुलुकका लागि यो एक प्रकारको वरदान नै हो। केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो। औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति  र विविध प्रक्रिया पूरा गर्नुपर्छ। सो फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो। हाल १ भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन्। ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ। पूर्ण मुर्रा भैँसी निकै महँगो पर्छ। सो फर्मले प्रति भैँसी २ लाखदेखि १० लाखसम्ममा ल्याएको हो। अहिले फार्मको राँगो स्थानीय अरु मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ। यसबाट यसको नश्ल क्रमशः नश्ल सुधार हुन सहयोग मिल्नेछ।

‘मैले कसरी व्यावसायिक कृषिपालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययनका क्रममा मुर्रा भैँसीबारे थाहा पाएर राँगो मगाएको हुँ,’ फार्मका अध्यक्ष गोपीप्रसाद कँडेलले भने, ‘प्रधानमन्त्री प्रचण्ड भारत जाँदा १५ मुर्रा राँगो ल्याउने कुरा सकारात्मक हो। यसको नश्ल देशभर फैलाउन र दूध उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ। यसरी काम गर्न सकियो भने युवा रोजगारीका नाममा खाडीमा भौतारिन पनि पर्दैन।’

उच्च शिक्षाका लागि बेलकोटबाट २०४६ सालमा काठमाडौं छिरेका कँडेलले सुरुमा कागज उद्योग स्थापना गरेका थिए। पछि नेपालमै पहिलोपटक सिसाको हस्तकला उद्योग स्थापना गरे। 
आयात–निर्यातको व्यवसाय क्रममा परिवारसहित सन् २००८ मा संयुक्त राज्य अमेरिका पुगेर २ वर्ष बसे। त्यसपछि उनी नेपालमै केही गर्नुपर्छ, युवापुस्तालाई पनि प्रेरण दिनुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किए। 

सौर्य ऊर्जा र ग्यास उद्योगमा समेत लगानी गरेका कँडेलले फार्ममा विदेशबाट काठ मगाएर आफू बस्नका लागि पर्यावरणीय काठघर पनि निर्माण गरेका छन्। उनले कोल्डस्टोर र डेरी फार्म स्थापनाको लक्ष्य लिएका छन्। 

Ncell 2
Ncell 2

कृषि र पशुपालनसहित विषादिरहित खानको अभियानमा जोडिएका महत्त्वपूर्ण व्यावसायिक सम्मान (सीआईपी) प्राप्त कँडेलले कँडेल कृषि फार्ममा पछिल्लो समयमा उक्त लक्ष्यमा सघाउन कृष्ण दाहाललाई साझेदार बताएका छन्। 

कुल ५० रोपनी जग्गामा रहेको र ४ वर्षअघि स्थापित फार्ममा हाल १ राँगोसहित १० भैँसी, १० गाई छन्। एक गिरी गाई पनि छ। फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ। गाई भैँसी थपेर दैनिक ५०० लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताए। 

यहाँका गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अस्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ। हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ। फर्ममा हालसम्म करिब डेढ करोडको लगानी भइसकेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारत सरकारसँग ल्याइने १५ मुर्रा राँगोका लागि पशुसेवा विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त टोलीले भारतका सम्बन्धित सरकारी फार्ममा गइ प्राविधिक परीक्षणपश्चात राँगो ल्याइने बताए। ती राँगोलाई कृषि अनुसन्धान परिषद् (नार्क) लगायत स्थानमा राखेर बीर्य सङ्कलन गरी क्रमिकरूपमा भैँसीहरूमा कृत्रिम गर्भाधान गराइने र पहिलो वर्षमा डेड लाख भैँसीलाई गर्भाधारण गराइने योजना रहेको उनले बताए। 

नेपाल र भारतबीचको खुला सिमानाका कारण हालसम्म के–कति यस्ता भैँसी या अनौपचारिक माध्यमबाट भित्रिएका छन् भन्ने विवरण मन्त्रालयमा नरहेको प्रवक्ता सञ्जेलले बताए। औपचारिक संयन्त्रबाट स्वास्थ्य परीक्षण र प्रमाणपत्रबिना ल्याउने अनुमति पनि नभएको उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या २४ पुग्यो
इरानद्वारा नागरिकलाई तेहरान छोड्न निर्देशन
सतर्क रहन इजरायलस्थित नेपालीलाई दूतावासको आग्रह
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, ग... शुक्रबार, फागुन ८, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, ग... बिहीबार, फागुन ७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, ग... बुधबार, फागुन ६, २०८२
ताजा समाचारसबै
इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या २४ पुग्यो शनिबार, फागुन १६, २०८२
इरानद्वारा नागरिकलाई तेहरान छोड्न निर्देशन शनिबार, फागुन १६, २०८२
सतर्क रहन इजरायलस्थित नेपालीलाई दूतावासको आग्रह शनिबार, फागुन १६, २०८२
इराकमा हिजबुल्लाहको ठेगानामा आक्रमण, दुई लडाकू मारिए शनिबार, फागुन १६, २०८२
नागरिकहरुलाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन कतार सरकारको निर्देशन शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो शनिबार, फागुन १६, २०८२
इरानद्वारा नागरिकलाई तेहरान छोड्न निर्देशन शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्