काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्वीकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताएका हुन्।
उनले सभामुखले कसैको आग्रह र दबाबलाई स्वीकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने उल्लेख गरे। उनले संसद् चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने बताए।
प्रश्न सोधिएकै दिन प्रधानमन्त्रीलाई स्पष्टीकरण दिनुपर्ने भन्दै तीन दिन बिना अर्थमा संसद् बन्द गरिएको उनको भनाइ थियो। सांसद पौडेलले एमालेले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ के आयो भनि प्रश्नसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।