काठमाडौं– जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई दुई दिन थुनामा राख्न अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले उनलाई सोमबार थुनामा राख्न उक्त म्याद दिएको हो। राउतलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
०६७ सालमा उनी शाखा अधिकृतका रूपमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहँदा उक्त प्रकरणमा संलग्न भएको भनि लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
बालुवाटारस्थित सरकारी ११३ रोपनी जग्गा विशिष्ट व्यक्तिको निवास विस्तारको फाइल उठेको थियो। तर, विचौलियाहरुले सरकारी जग्गा व्यक्तिको नाममा गराउन सफल भएका थिए। त्यससम्बन्धी विषयमा उनले नै टिप्पणी लेखेको आधारमा सीआईबीले पक्राउ गरेको हो। पक्राउ परेसँगै उनी निलम्बनमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।