काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमालेलाई प्रधानमन्त्रीको जवाफ कसरी चित्त बुझेको हो भनेर प्रश्न गरेका छन्। एमालेको प्रश्न नै असान्दर्भिक रहेकोले चित्त कसरी बुझेको हो, आफूले जान्न चाहेको उनले बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक विवदास्पद अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपरेको थियो। जसलाई लिएर एमालले सदन अवरोध सहित प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो।
प्रधानमन्त्रीले जवाफ दिएपछि एमालेले चित्त बुझेको भन्दै मौका दिने बताएपछि सांसद पौडेलेल एमालेतर्फ प्रश्न तेर्स्याएका हुन्।
‘प्रश्न उठाउनेले नै पुष्टि गर्न सक्ने अवस्था छैन। आज प्रधानमन्त्रीले भनेपछि त्यो प्रश्नको उत्तर कसरी आयो त? उहाँहरुलाई चित्त कसरी बुझेको हो त?,’ सांसद पौडेलेले प्रश्न गरेका छन्।
एमालेले संसद्मा प्रधानमन्त्रीले गरेको सम्बोधनलाई सकारात्मक रुपमा लिएको बताउँदै एकचोटिलाई मौका दिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।